Skip to main content

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार

कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ ।
वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ ।
हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोमा आर्थिक दृष्टिले, विकास निर्माणका दृष्टिले, रोजगारीका अवसरका दृष्टिले निकै पछाडि परेको छ । यसको एउटा पक्ष रोजगारीका अवसर कम हुनु हो । धेरै जसो मानिसहरू बेरोजगार छन्, जतिले रोजगारी पाएका छन् ती पनि पूर्णकालिक नभई अर्धरोजगार छन् । जब व्यक्तिको आय नै कम छ भने जीवनस्तर राम्रो हुने कुरै भएन । मानिसले आफूलाई पूर्ण रोजगार बनाउन नसक्नुको एउटै कारण प्राविधिक शिक्षाको अभाव हो । यदि व्यक्तिमा प्राविधिक ज्ञान छ भने उसले बिनाकाम समय खेर फाल्नु पर्दैन । हाम्रो देश नेपाल प्रकृतिको विशाल भण्डार हो । यसको उपयोग गर्न व्यक्तिमा प्राविधिक ज्ञान आवश्यक पर्छ । आज विश्वका विकसित देशहरूमा त्यहाँको प्राविधिक जनशक्ति नै विकासको कारक बनेको देखिन्छ । त्यसैगरी जुन–जुन देशमा प्राविधिक जनशक्तिको कमी छ ती–ती देशहरू पछि परेका छन् । हाम्रो जस्तो विकासशील देशमा पहिलो त साक्षरता प्रतिशत नै कम छ भने दोस्रो कुरा प्राविधिक शिक्षालायहरू पनि पर्याप्त छैनन् । जेजति मानिसहरू शिक्षाका प्रमाणप प्राप्त गर्न सफल भएका छन् ती पनि धेरैजसो व्यावसायिकरुपमा काम गर्न सक्षम देखिँदैनन् । अहिले सञ्चालनमा रहेका धेरैजसो विद्यालय र महाविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने शैक्षिक कारखानाका रूपमा रहेका छन् । हाम्रो देशमा मृतसञ्जीवनी बुटीलगायतका अनेकँौँ प्राकृतिक सम्पदा एवम् जलसम्पदा रहेका छन् । मानवकल्याणका लागि यस्ता तत्वहरू पौरखी, परिश्रमी र प्रविधिक सीपयुक्त हातहरूको पर्खाइमा छन् । तर हाम्रो देशको शिक्षा नीति व्यवहारोपयोगी नभएकाले आफ्नै देशमा उपलब्ध हुने वस्तुहरु चिन्न नसकेर विदेशबाट आयात गर्नुपरेको छ । यसले एकातिर आफैसँग भएका महत्वपूर्ण वस्तुहरू मूल्यहीन भएका छन् भने अर्कातिर तीभन्दा कमसल वस्तुहरू विदेशबाट झिकाउनु परेको छ र स्वदेशी धन विदेशिएको छ । देशमा बेरोजगार युवाशक्ति कामको अभावमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको छ । लुटपाट, काटमार, हत्या, आतङ्क, बलात्कार एवम् चोरी, डकैती बढ्दै गएको छ । समाज अस्तव्यस्त बनिरहेको छ । देशको ठूलो युवा जनशक्ति सस्तो मूल्यमा विदेशी आँगनमा श्रम बेच्न बाध्य छ । यहाँ उच्च शिक्षाको मात्र होइन विद्यावारिधिसम्म गरेका शिक्षितहरूसमेत बेरोजगारीको सिकार भई विदेशी आँगन चाहार्न विवश छन् । प्रविधि र प्राविधिक शिक्षामा अघि बढेका जापान, अमेरिका, रसिया, क्यानाडा, चीन तथा अधिकांश युरोपेली देशका नागरिहरूले आज बेरोजगारीको कथा बोकेर अर्काको मुलुक चाहार्नु परेको छैन न त बेरोजगार भएर बस्नु नै परेको छ । देशमा विद्यमान बेरोजगारी समस्या हल गर्न र समाजलाई सुव्यवस्थित एवम् सुन्दर बनाउन हाम्रो देशको शिक्षानीति सुधार गर्नुपर्ने आवश्यकता छ । प्राविधिक शिक्षा दिने विद्यालय एवम् विश्वविद्यालयहरूको सङ्ख्या बढाउनुपर्ने देखिन्छ ।
व्यक्तिमा श्रमप्रति सम्मान गर्नुपर्ने भावना जागृत गर्न आवश्यक छ । हरेक व्यक्तिलाई उसको रुचिअनुसारको सीप र काम उपलब्ध गराउन सरकारले तुरुन्तै प्रयास गर्नुपर्दछ । शिक्षा हासिल गरेको कुनै पनि नागरिक बेकामे भएर बस्नुपर्ने अवस्था तत्काल अन्त्य गर्नुपर्छ । यसका लागि एउटै उपाय छ, प्रत्येक व्यक्तिले इच्छ ाबमोजिमको प्राविधिक शिक्षा हासिल गर्न पाओस् । शिक्षा आर्जन गरेको व्यक्ति आफ्नै सीपमा बाँच्न सकोस् । जागिर माग्दै हिँड्ने होइन आफैँ रोजगारीको सीपमा बाँच्न सक्ने बनोस् । शिक्षाले सीपयुक्त घरेलु उद्योगको लहर ल्याओस् । कुरा र भाषणभन्दा काम गर्ने बानीको विकास गराओस् । प्रत्येक हातहातमा सीप र घरघरमा उद्योगको विकास गराओस् । सिद्धान्त रटेर र गाइडका पाना घोकेर उच्च अङ्कमा परीक्षा उत्तीर्ण गरी महत्वाकाङ्क्षी पद र जागिरको तपस्यामा जिन्दगी बिताउने शिक्षित होइन सानो सीप र श्रममा रमाउने अनि त्यसैमा जिन्दगी सजाउने नागरिकको निर्माण गरोस् । यसर्थ आज हरेक नागरिक समाज र राष्ट्रको विकास तथा नवनिर्माणका निमित्त प्राविधिक शिक्षा नै अपरिहार्य र अनिवार्य भएको छ ।


मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति महŒवपूर्ण आवश्यकता हो । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताका लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरूको आय आर्यजनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षाले महŒवपूर्ण भूमिका निर्वाह गर्छ । वर्तमान समयको मागअनुसार विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । प्राविधिक शिक्षाले रोजगारीका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्छ । तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने पवृत्तिको कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ । विद्यालय शिक्षा पार गरेका युवाहरूको भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ । साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिका कारण देशमा बेरोजगारीको विकराल समस्या बढ्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि बरदान साबित हुन सक्छ । अहिले पनि झन्डै ५० लाखको हाराहारीमा वैदेशिक रोजगारीमा संलग्न युवाहरूले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा अपरिहार्य भइसकेको छ । वैदेशिक रोजगारमा जाने युवाहरूलाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । रोजगारीका लागि भौंतारिने भन्दा पनि रोजगारी दिन सक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको शिक्षा नीति हुनुपर्छ ।
प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट करिब ५ लाख परीक्षार्थी उत्तीर्ण भएका छन् । उनीहरूलाई भविष्यको शैक्षिक यात्राका लागि मुख्यतया प्राविधिक र साधारण शिक्षामध्ये कुनै छनोट गर्नुपर्ने हुन्छ । धेरै लगानी गरेर लामो समयसम्म अध्ययन अनुसन्धान तहसम्मका लागि साधारण शिक्षा रोज्नु स्वाभाविकै हो । आफ्नो योग्यता, क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र परेका उदाहरण बग्रेल्ती पाइन्छन् । हाम्रो जस्तो विकासोन्मुख देशमा मध्यमस्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्छ । एसईई पार गरेका परीक्षार्थीका लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ । एसईई परीक्षा उत्तीर्ण टीएसईई र डिप्लोमा गरी करिब ४५ हजारभन्दा बढीले सीटीईभीटीअन्तर्गत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्थामार्फत प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ । सीटीईभीटीअन्तर्गतका ३ सय ३१ संस्थाहरूबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले डिप्लोमा कोर्स अध्ययन गर्न पाउने सुविधा प्रदान गरेको छ । त्यस्तै, २ सय ८० सम्बन्धन प्राप्त निजी संस्थाहरूले पनि विभिन्न प्राविधिक कोर्सहरू सञ्चालन गरिए तापनि पर्याप्त देखिएको छैन । हाम्रो जस्तो भौगोलिक विकटता र सामाजिक आर्थिक विभिन्नता भएको देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँचको सुनिश्चितताका लागि सरकारले विशेष ध्यान दिन विलम्ब भइसकेको छ । विगत वर्षहरूमा साधारण शिक्षामा मात्र जोड दिँदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा चित्रित भएका थिए । तर पछि विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकूल सकारात्मक नीति राज्यले लिएको पाइन्छ ।
माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जा“गरिलो पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन र चरित्रका आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ
दिन प्रतिदिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि विदेशिनु देशका लागि कदापि शुभ संकेत होइन । रोजगारीका लागि नेपाली युवाहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धित वीणाको ज्ञान नभएर कहाँबाट बासना आयो भन्दै भौंतारिएर हिँडेजस्तै मृगतृष्णाका रूपमा आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिच्किचाउँदै हजारांै, लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलपूmलखेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर गर्वकासाथ त्यही काम स्वदेशमा नेपालीले किन
गर्दैनन् ? त्यो भन्दा तल्लो स्तरको काम गर्न मुग्लान नै पस्नुपर्ने किन ? यस्तो मनोविज्ञानलाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छट्पटिएर निराश भई विरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी, तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।
शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्तांकको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमाबुबाको अर्थ नबुझ्ने, तर ‘ड्याड मम’को संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछभन्दा डेरीबाट भन्ने गाईभैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदिबारेको जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको, तर अल्प व्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।
हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि १ सय पूर्णांकमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णांक प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न ।
त्यसकारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साही, उर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक पौरखी शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्छ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्छ । त्यस्तै, विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्छ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ । मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरर्निहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो ।
सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता, पहिचान र ंसमायानुकूल परिमार्जन तथा परिष्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकारात्मक नागरिक उत्पादन गर्नुपर्छ । शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहज रूपमा सामना गर्न सक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्छ । श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्यमा केन्द्रित प्राविधिक शिक्षा नीति तथा कार्यक्रम हुनुपर्छ ।

प्राबिधिक शिक्षाको महत्व

 

नेपालमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिमको महत्व बढ्दै गएको छ । प्राबिधिक शिक्षा र ब्यावसायिक तालिमले रोजगारीको अवसरहरु सिर्जना गर्नुका साथै सीप सिकेका मानिसहरुलाई सिर्जनशील बन्न समेत मद्दत गरिरहेको छ । त्यसमा कोशेढुंगा सावित भएको छ नेपालमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद्को स्थापना । परिषद् अन्तर्गतका सम्बन्धन लिएका शैक्षिक संस्थाहरु र तालिम केन्दहरुले  प्राबिधिक तथा ब्यावसायिक तालिमको महत्व ग्रामीण क्षेत्रसम्म पुर्याउन मद्दत गरेका छन् । बढ्दो बेरोजगारीका माझ युवाहरुको आकर्षण पनि प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिम प्रति बढेको पाइन्छ । त्यसमा पनि अलिकति लगानी गर्न सक्ने वा पैचौ सापटी लिन सक्ने सामथ्र्य भएका निम्न तथा मध्यम वर्गिय परिवारका युवाहरुको आकर्षण प्राबिधिक शिक्षाप्रति अझ बढिरहेको छ । सिकेको सीपलाई ब्यावहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आफ्नो पेशा र रोजगारीको सिलसिलामा प्रयोग भइरहने भएकाले पनि प्राबिधिक र ब्यावसायिक शिक्षाप्रति युवाहरुको आकर्षण बढेको पाइन्छ । नेपालमा प्राबिधिक शिक्षालाई अझ ब्यापक वृद्धि गरी प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको छ । दैनिक सरदर १५ सयदेखि २ हजारको हारहारीमा वैदेशिक रोजगारीको निम्ति मुलुकबाट बाहिरिने युवा जनशक्तिलाई मध्यनजर गर्दा त्यो झन् जरुरी देखिन्छ । किन भने खासगरी खाडीका देशहरुमा जाने युवाहरु प्राविधिक ज्ञानको अभावमा निम्नस्तरीय र जोखिमयुक्त काम गर्न बाध्य छन् । जोसँग प्राविधिक सीप छ उनीहरु खाडीमा मात्र होइन पश्चिमा देशहरुमा समेत सहज कामको अवसर पाएको र राम्रो आम्दानी गर्ने गरेको पाइन्छ ।

त्यसैले नेपालका ७५ वटै जिल्लामा प्राबिधिक शिक्षाको विस्तार हुन जरुरी ठानिएको छ । प्राबिधिक र ब्यावसायिक सिप लिएका युवाहरुले आफै रोजगारी सिर्जना गर्न सक्ने, अन्य रोजगारदाताकोमा काम गर्दा पनि राम्रो पारिश्रमिक पाउने, सिर्जनशील र मिहीनेती हुने भएकाले पनि यो शिक्षाको महत्व बढ्दै गएको हो । नेपालको परिप्रेक्षमा निम्नवर्ग, मध्यमवर्ग  मात्र नभई  सबै वर्गका लागी प्राबिधिक तालिम प्राप्त गर्ने अवसर प्रदान गर्नेतर्फ सरोकारवाला निकाय सबैको ध्यान पुग्न जरुरी छ । माध्यामिक, प्रवेशिक अनुत्तिर्ण तथा प्रवेशिका उत्तीर्ण गरेपछि आर्थिक स्थिति कमजोर भएका युवाहरुको प्राबिधिक र ब्यावसायिक शिक्षाप्रति आकर्षण बढ्दो छ । त्यसैले प्राबिधिक र ब्यावसायिक शिक्षाको विकासका लागि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन हुनुपर्ने देखिन्छ । प्राबिधिक शिक्षामा सबै वर्ग र भुगोलका मानिसको पहुँच पुर्याउन सक्नु अहिलेको टडकारो खाँचो हो । विशेष गरी यसमा ग्रामीण क्षेत्रका बासिन्दाको पहुँच पुर्याउन सके ग्रामीण विकासमा समेत ठुलो भुमिका खेल्न सक्ने देखिन्छ । मानिसहरु आफ्नै क्षेत्रमा सिर्जनशील काममा क्रियाशील हुँदा त्यसले पक्कै पनि त्यो क्षेत्रको सामाजिक, आर्थिक र भौगोलिक विकासमा टेवा दिन्छ । स्वरोजगारीको अवसर सृजना हुने देखि ग्रामीण पर्यटन विकासलाई समेत यसले होस्टेमा हैसे गर्न सक्छ । त्यसैले शैक्षिक रुपमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर वर्गका निम्ति प्राबिधिक शिक्षामा पहँुचका लागी यसको महत्व एव उपयोगिता बारे ब्यापक रुपमा सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी देखिन्छ । त्यसको निम्ति ग्रामीण क्षेत्रका मानिसहरुमा समेत महत्वको बोध गराउनु पर्ने देखिन्छ । नेपालमा एशियाली विकास बैकले रोजगारीका लागी सीप परियोजना मार्फत कुल ६०,२९२ (५३.५ प्रतिशत महिला, २५ प्रतिशत दलित) बेरोजगार, विपन्न, महिला, दलित र सुविधावाट वञ्चित वर्गहरुलाई सीपमुलक तालीम प्रदान गरेकोमा ७८ प्रतिशतले सीप परिक्षण परिक्षा उत्तीर्ण गरेका थिए भने उत्तीर्ण मध्य ६० प्रतिशत भन्दा बढीले स्वरोजगार एव रोजगार भएका विभिन्न अध्ययनले  देखाएका छन् । यस परियोजनाको कारण पनि प्राविधिक शिक्षा देशमा रोजगारी वृद्धिका लागी अपरिहार्यता रहेको बिषयमा ग्रामिण तहसम्म धारण बन्न गएको पाईन्छ ।  तर दिनदिनै विदेशिने अदक्ष कामदारको हुल र उनीहरुका परिवारजनलाई समेत बुझाउन के जरुरी छ भने चुनौतिपूर्ण वैदेशिक रोजगारीबाट हुने आम्दानीभन्दा स्वदेशमै सानो तिनो काम गर्ने दक्ष वा अर्धदक्ष कामदारले राम्रो आम्दानी गर्न सक्दछन्  । विदेशिने नै हो भने पनि सीप नभएको मानिसलाई दुःखले पनि पछयाइरहेकै देखिन्छ । त्यसैले विदेश होस वा स्वदेशको गाउँ वा शहर जहाँ पनि दक्षता र सीपले अवसर र आम्दानीको बाटो आफै पहिल्याउँछ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...