गजल
1.
शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन
शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन ।
सिक्ने अनि सिकाउने सुनौलो यो अबसर
गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन ।
बिध्यार्थिको उन्नतिमा गर्ब गर्दै फुलेको त्यो
शिक्षकको भन्दा चौड़ा छाति अरु केहि छैन ।
सम्मानजनक मर्यादित पेसा हो शिक्षकको
असल कर्म भन्दा नाना भाँति अरु केहि छैन ।
यति राम्रो पेसा लाई बदनाम कोहि गर्छ भने
दुनियाबीच त्यो भन्दा घाति अरु केहि छैन ।
२०७२-११-०६/७:१८am
2.
युबाहरु बिदेशिए खाली छ गाउँ
बृद्ध, महिला र केटा केटी आऊ
संस्कृति धान्ने तिम्रै आयो पालो
जानी नजानि खैजेडी ब'जाऊ ।
भजन टुक्का म झिकि दिउंला
ताल मिलाएर नाची र'माऊ ।
डिस्को र बार किन जानुपर्यो
आफ्नै गाउँको मन्दिर सजाऊ ।
अपार हाम्रो मौलिक संस्कृति
सबैजना मिली अमर बनाऊ ।
२०७२-११-०४/७:३१am
3.
मुक्तक
आखिर धोको मात्रै रह्यो मायाको बजारमा
घाटा ब्यापार हुन गयो मायाको बजारमा ।
बुझी सक्नु रहेनछ जिन्दगीको अर्थशात्र
जवानीको लिलाम भयो मायाको बजारमा ।
२०७२-११-०३/६:३०am
4.
गजल
राजनीतिले इतिहासलाई हर्ने चलन आएछ कि
आफ्नै घर पाहुना आफै पर्ने चलन आएछ कि ?
राम्रो गुणगान अरुले नै गाउनु पर्ने होइन र
आफ्नो बखान आफैले गर्ने चलन आएछ कि ?
ओइरो भन्दा पहिरो ठूलो हुने गर्छ किन यहाँ
नाना भाँति गरी भुंडी भर्ने चलन आएछ कि ?
थोरै मात्र काम गरी धेरै हल्ला हुन्छन् यहाँ
स्वघोषित रुपमा भ्रम छर्ने चलन आएछ कि ?
भोलि आउने पुस्ताले सम्झिन्न कि भनि यहाँ
आजै पदक ग्रहण गरी मर्ने चलन आएछ कि ?
२०७२-११-०२/७:०० am
14 February at 07:18 ·
5.
हिजो मात्रै चोर पनि साधु बन्दा छक्क परें
आज फेरि साधुलाई चोर भन्दा छक्क परें ।
रूप मात्रै थरि थरि धन्दा एउटै रहेछ कि
साँझ पख दुबै सँगै झ्याप् बन्दा छक्क परें ।
२०७२-११-०१/६:३० am
13 February at 06:57
6.
देउपुर गाउँ
अ)
आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाऊं
प्रकृतिको सुन्दर खानी देउपुरको गाउँ ।
१.
माथि हेर्दा माछापुच्छ्रे तल मोदी खोला
बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला
हेर्दा मनै लोभ्याउने पातिचौर बजार
कुभिरको डिलबाट लगाउंला नजर ।
२.
आफ्नै गाउँको खोलाबाट बिजुली बलेको
देउपुरको खेतिपाती नामै छ चलेको ।
बारी भरि सुन्तला छन पहेलै पाकेको
हेर्न मन लागेको छ मायाले चाखेको ।
३.
मह भिरमा माहुरीको घार झुलेको छ
बनै भरि लालीगुराँस फूल फुलेको छ ।
भमरकोट मन्दिर जाउला दर्शन गरौंला
मनोरम दृश्य हेर्दै ओराली झरौंला ।
४.
कोटकालिका साक्षीराखि पिरति गासौंला
झ्याउरे र पन्चेबाजा तालैमा नाचौला ।
मैदान कडेन पिपल डांडा मख धारापानी
घुमौला नि सँग सँगै मेरी दिलकी रानी ।
५.
सुन जस्तै धान फल्ने मख फांट हेरौला
रुम्टी जाउंला ताल घुम्दै मायाले बेरौला ।
टापू गाउँको चौतारीमा चिसो हावा खाउंला
चखेवाको जोडी जस्तै बनेर रमाउंला ।
६.
दोबाटाको मौरीपालन कोरूँगामा गाई
बाख्रा फाराम, माछापालन हेरौंला रमाई ।
मोदीको असला खाउंला गाईको दूध पिउंला
जुनिभरलाई माया गाँसी संगसँगै जिउंला ।
क्रमशः........
रचना :
भुमिराज शर्मा
देउपुर, पर्बत
२०७२-१०-२८/ बिहीबार बेलुका ७:४५
आ)
केहि मुक्तकहरु
१.
त्यहाँ नजानु
जहाँ अपमान हुन्छ
त्यो नगर्नु जे गर्दा
अबशान हुन्छ ।
त्यहाँ मात्रै जानु
त्यो मात्रै गर्नु
जहां तिम्रो छुट्टै
पहिचान हुन्छ ।
२.
बुझि राख्नु कमिलाको
प्वांख पलाउंदा के हुन्छ
ख्याल गर्नु नजानेको
काम चलाउंदा के हुन्छ ।
नदेखाऊ धेरै फूर्ति
अरु पनि जान्ने हुन्छन्
बिना परिश्रमको यहाँ
दाम फलाउंदा के हुन्छ ।
३.
आफन्तको सुझाब
जब मान्दैन त्यो
को आफ्नो को अर्को
भनि छान्दैन त्यो ।
खै कसरी सफल ऊ
होला जिन्दगीमा
के गर्ने के नगर्ने
पनि जान्दैन त्यो ।
इ)
सबैभन्दा शक्तिशाली काल रैछ यहाँ
जे गरे नि दुई दिने चाल रैछ यहाँ ।
बाचुन्जेल तेरो मेरो मरी लानु के छ
जिन्दगानी समुद्रको छाल रैछ यहाँ ।
२०७२-१०-२६
9 February at 22:
ई)
म र मेरो नव जागृत"
कबिता
"म र मेरो नब जागृत"
गरीब र टुहुरो भनि मलाई
समाजले हेला गर्दै गर्दा
शिक्षाको प्यासले तड्पिएर
मैले खोली तर्दै गर्दा ।
सहारा दियौ बेसहारालाई
पढ्ने धोको पूरा गरी दियौ
रुदै भौतारिएको मन भित्र
जागरणको भाव भरिदियौ ।
पढेको थिएँ संबिधानमा
निशुल्क थिएन शिक्षा
तिम्रो बिधानले पूरा गरीदियो
मेरो पढ्ने त्यो तिब्र इच्छा ।
कति कुरा लेखिए संबिधानमा
खोजेर यहां पाइंदो रहेनछ
कति कुरा पाइए ब्यबहारमा
संबिधानमा जनाइदो रहेनछ ।
मेरा लागि त नबजागृत
तिम्रै बिधान उत्कृष्ट बन्यो
जसले मेरो मेटिदै गरेको
भाग्यरेखा कोर्न भन्यो ।
देखेको थिएं आफूलाई
कथित समाजसेवी भन्नेहरु
हुने खानेहरुलाई मात्र
आफ्नो औलामा गंन्नेहरु ।
जन्मिनु पर्छ अनि जन्माईनु पर्छ
यहाँ धेरै जुद्ध जंगहरु
दुखिको भाबना बुझ्न सक्ने
सहयोगी जिन्दगीका रंगहरु ।
आभारी छु नवजागृत
तिमीले मभित्र जागरण भरेउ
हजारौं मन मस्तिष्कहरुमा
चेतनाको किरण छरेउ ।
तिम्रै प्रेरणाले मेरो शीर
सगरमाथा झै अग्लिदैछ
तिम्रो योगदान आज मेरो
मुटु भित्र पग्लिदैछ ।
तिम्रो उचाई बढदै गर्दा
मेरो उचाई बढेकोथ्यो
तिम्ले गर्ने उन्नतिमा
मलाई उन्माद चढ़ेकोथ्यो ।
सायद तिमीले यहाँ
जन्म नलिएको भए
म जस्ता बेसहारालाई
सहारा नदिएको भए ।
स्वदेशी र बिदेशी गल्लीमा
भौतारिदै म डुलेको हुन्थे
अरबका खाडीहरुमा
भबिष्य खोज्दै भुलेको हुन्थे ।
आज मसंग बनेको छ
मेरो आफ्नै स्वाभिमान
तिमी संगसँगै छ
तिम्रो आफ्नै पहिचान ।
अझै धेरै दुःखी हरुलाई
बाटो तिमीले देखाउनु छ
उनीहरुको भबिष्य कोर्दै
इतिहासमा नाम लेखाउनु छ ।
तिमी बिस्तारै बूढो हुदेछौ
ढल्किदैछ तिम्रो जवानी
फुल्न दिने छैन तिम्रो केश
लेख्नेछु सम्बृद्ध कहानी ।
मेरो प्यारो नबजागृत
तिमी सँगै बाच्न पाऊँ
तिम्रो खुशी र गौरब सँगै
उन्मत्त भै हास्न पाऊँ ।
अमर बनाउन तिमीलाई
सदैब प्राण भर्न चाहन्छु
पचासौ बसन्तको अबसरमा
यही प्रण गर्न चाहन्छु ।
भुमिराज शर्मा
देउपुर, पर्बत
२०७२/१०/१७ आइतबार
१ मुक्तक
शहीदको रगतले पोलेछ कि क्या हो ।
सपनामा आइ ऊ बोलेछ कि क्या हो ।
उसकै नाम जपि अकूत धन जोडेकोथ्यो
सुटुक्क कसैले पोल खोलेछ कि क्या हो ।
२०७२-१०-१७/९:३
२. गजल
(सन्दर्भ शहीद दिबसको)
शहीदको रगतले यहाँ गणतन्त्र आयो भन्छन्
शहीदकै परिवारलाई झनै ऋण लायो भन्छन् ।
शहीदका सन्ततिको निम्ति छुटयाइएको बजेट
शीर्षकहरु मिलाएर नेताजीले खायो भन्छन् ।
नयाँ नेपाल निर्माण गर्ने मीठो सपना देखाएर
युद्दमा होम्नेले नै अकूत धन क'मायो भन्छन् ।
छानी छानी शहीदको टाउकोमा गोली ठोक्ने
अपराधीले आज यहाँ ठूलै तक्मा पायो भन्छन् ।
सम्मान छैन शहीदको खोजी छैन बेपत्ताको
दमनकारी आज उल्टै सत्तामा र'मायो भन्छन् ।
बिचल्लीमा परेको त्यो शहीद परिबारले रुदै
ब्यर्थै सन्तान गुमाएछु भनि टाउको समायो भन्छन् ।
भुमिराज शर्मा , पर्बत
२०७२-१०-१६/ ९:३४am
३. गजल
गधा धोएर कहिल्यै गाई बन्दैन
दाजु जति सानो होस् भाइ बन्दैन ।
हुनुपर्छ केहि गर्ने गुण आफैभित्र
बिना परिश्रम सच्चा ब'धाई बन्दैन ।
गर्नुपर्छ शिष्ट बोली नम्र ब्यबहार
नचिढ़ाए कसैलाई प'राई बन्दैन ।
छर्नुपर्छ दुनियामा कीर्ति जताततै
नत्रभने सम्मान योग्य म'राइ बन्दैन ।
२०७१-१०-१५/९:३०pm
४. गजल
कहिले बाटो छेक्न आउथ्यो पाटे जरायो
कहिले सँगै खेल्न आउथ्यो सेतो खरायो ।
एक्लै थिएं मोबाइलको बत्ती बलेकोथ्यो
अचानक त्यहि जंगलमा ठूलै बाघ करायो ।
टाढा होला भन्ने सोची छिटो पाइला चाले
झनै नजिक आई गर्जियो मेरो होस हरायो ।
मान्छे देख्दा ऊ पनि डराउदो रैछ क्या हो
सायद उसले मलाई त्यहाँ औधि मन परायो ।
धेरै पछि उसको मेरो अप्रत्यक्ष वार्ता भयो
नजर जुधाइ साइड लाग्यो दङगै गरायो ।
२०७२/१०/१२/९:५४pm
26 January at 22:13 ·
५.मुक्तक
सत्य बोल्छु भन्दा भन्दै ढाट्नै पर्ने भो
मन नपर्ने गलत काम ऑट्नै पर्ने भो ।
खराब संगत भए पछि दुःख पाईने रैछ
ब्यबहार हेरि साथीहरु छाँट्नै पर्ने भो ।
२०७२-१०-१२/
६ .मुक्त
न त रूप राम्रो देख्छु नत गला भरिएछ
दुनिया चकित पार्ने नत कला गरिएछ ।
आबरणमा भुल्दा रैछन सबै मान्छे यहाँ
भलो गर्छु भन्दाभन्दै आफै थला परिएछ ।
२०७२-१०-१२/६:१५am
७.गजल
मेरो सामु कसै संग शीर झुकाउनु हुन्न तिम्ले
सबै ब्यथा बुझेको छु पीर लुकाउनु हुन्न तिम्ले ।
सुख दुःख जिन्दगीमा भोग्नै पर्ने नियति हो
ब्यर्थै आंशु बगाएर ज्यान सुकाउनु हुन्न तिम्ले ।
सुखमा त सबै हुन्छन् दुःख पर्दा कोहि हुन्नन
दुखी भनि मायाको गाँठो फुकाउनु हुन्न तिम्ले ।
तिम्लाई दुःख पर्दा मैले साथ दिँदै आएको छु
गुन तिर्ने सुनौलो अबसर चुकाउनु हुन्न तिम्ले ।
सँगै जिउने सँगै मर्ने कसम हिजो खाएकै हो
जिन्दगीको लामो यात्रा रुकाउनु हुन्न तिम्ले ।
२०७२-१०-१०/९:३०pm
८.गजल
मेरो सामु आँशु बगाई नरोऊ न प्रिय
त्यहि आँसुले मेरो प्रेम नधोउ न प्रिय ।
संसारका सारा खुशी दिएकै छु तिमीलाई
बिनासित्ति त्यसै निरास नहोऊ न प्रिय ।
सयौं जुनि सँगै जिउने बाचा बिर्सियौ कि
मायाको यो बन्धन लाई नफोऊ न प्रिय ।
ज्यानै दिन परे पनि तयार छु तिम्रो लागि
हेर्दा हेर्दै पराइको हात नछोऊ न प्रिय ।
2072-09--15 /06:00am
९. गजल
साँझ पर्दा सुन झैँ हिमाल टल्किएको छ
त्यहि हिमालमा रास्ट्र्रीयता झल्किएको छ ।
जहाँ जाऊँ प्यारो लाग्छ जन्मिएको ठाउँ
बाँझै रहे पनि धरती गल्किएको छ ।
प्रकृतिको अनुपम सुन्दरतामा हराएंछु
देशको माया मुटु भित्र छचल्किएको छ ।
सुन्दर यो देशभित्र शान्ति कतै भेटिदैन
बिद्रोहको आगो किन सल्किएको छ ।
खाता बस्न थालेको बिगतको घाउ फेरि
किन किन आज भोलि बल्किएको छ ।
2072-09-14/5:51pm
१०. गजल
खण्डहर बन्यो यो मातृभूमि बर्बाद नपार्नु
स्वदेशमै बस्नु बिदेशतिर पाइला नसार्नु ।
कमाउन धन बहलाउन मन बिदेश नजानु
भेटिन सक्छ डिभी पीआर तिमीले नकार्नु ।
बीरको सन्तान साहसी हुनु पटक्कै नझुक्नु
स्वाभिमान ऊँचो बनाई राख्नु हिम्मत नहार्नु ।
जीबन धान्न जे गर्नु पर्छ यहि देशमा गर्नु है
बैरीको सामु तिमीले आँसु कहिल्यै नझार्नु ।
मेची र काली तराई हिमाल सबैको साझा हो
दाजु र भाइ फूटाउने गरी बार यहाँ नबार्नु ।
2072-09-14/4:40am
29 December 2015 at 04:55
११.गजल
अचानक आज दैबले पनि छलेको बेलामा ।
के भनूं प्यारी यो पुरै शरीर गलेको बेलामा ।
सकिन जीउन दैबले लग्यो जादै छु म सानु
नरुनु प्यारी यो मेरो शरीर ढलेको बेलामा ।
संयम हुनु मन दर्हो पार्नु हार कत्ति नखानु
नहेर्नु प्यारी म चितामाथि जलेको बेलामा ।
दुई थुङगा फूल चढ़ाई दिनु संझेर नरुनु
नफेर्नु प्यारी दियोमा तेल बलेको बेलामा ।
दुश्मनले हेप्न खोजेमा तिमी कायर नहुनु
नगर्नु आत्म समर्पण हल्ला चलेको बेलामा ।
2072-09-13/8:45pm
28 December 2015 at 21:08 ·
१२. गजल
कति निर्मम हुँदो रैछ कहिलेकांहि दैब पनि
राम्रो मान्छे लगि हाल्छ अनायासै क्रूर बनी ।
कस्को मन रुदैन र कस्लाई पीडा हुदैन र
आफ्नै मान्छे जाँदा खेरि बनेर खरानी ।
बांगा टिंगा रुखहरु त्यसै सुकी ढल्ने गर्छन्
सोझो चाहिं ढाली हाल्छ किन छानि छानि ।
तेरो मेरो भन्नु पनि ब्यर्थै लाग्न थालेको छ
नामै रैछ ठूलो आखिर भोलि केनै हो र लानि ।
जाने कहिले थाहा छैनअधूरा छन बाचाहरु
कर्कलाको पानी जस्तै रैछ हाम्रो जिन्दगानी ।
2072-09-12/7:05pm
१३. गजल
यसपालिको सुन्तलाले बजार पाएन
जति दुःख गरे पनि सुदिन आएन ।
भूकम्पले हो कि हजुर नाकाबन्दीले
कृषि उपज बिक्री गर्ने हाट लाएन ।
आयातित बस्तुको भाउ बढेको छ
स्वदेशकै उत्पादन कसैले खाएन ।
बर्ष दिनको परिश्रम त्यसै झर्ने होकि
किसानको मुहारमा खुशी छाएन ।
2072-09-11/8:53am
१४.गजल
चालीस जना भन्दा बढ़ी मन्त्रीहरु भए
नागरिकले राहत पाउने दिनहरु गए ।
मन्त्रालय टुक्रा टुक्रा पारी बांडेका छन
अझै के के देख्न पाइन्छ चुप लागि सहे ।
नेता गर्छन मनपरि जनतालाई सास्ती
कहिलेसम्म खपिरहने दुःख कस्ट भय ।
कति सोझा जनता छन टुलुटुलु हेर्छन
जे गेरेनि गाइ रहन्छन नेताजिकै जय ।
भुकम्प पीडितहरु कठाङग्रीदै मर्न थाले
सिंहदरबार बस्नेहरु देख्छु उल्लासमय ।
2072-09-10/9:00pm
25 December 2015 at 21:17 ·
१४. मुक्तक
कालो देख्छु हिमाल आज हिउँ पग्लिएको
हिमाल भन्दा यहाँ अझै मान्छे अग्लिएको ।
टुक्रा टुक्रा पार्नु हुन्न आफ्नो मातृभूमिलाई
सधै भरि देख्न पाऊँ नेपाल सग्लिएको
१५. गजल
मान्छेले मान्छेलाई जब भेद गर्छौ
खै कसरी तिमी बैतरणी तर्छौ ।
अरुसंग ब्यबहार झन कस्तो होला
आफ्नै साथी देखि पर पर सर्छौ ।
बर्ग बिहीन समाजको भाषण गर्दै
जातीय बिभेदको भ्रम किन छर्छौ ।
शिक्षक भन्न पनि धिक्कार लाग्छ
भेदभाब गर्ने एक नम्बरमा पर्छौ ।
पिलाउनु पर्ला भोलि पानी उसैले
तड्पिदै तडपिदै जब तिमी मर्छौ ।
२०७२पुस ७ गते/
23 December 2015 at 06:03
१६. गजल
चिसो चिसो सिरेठोमा हिउँ पर्ने हो कि
एउटै सप्को ओडि बस्ने निहु गर्ने हो कि ।
लेकमा बाख्रा चराउदा लुकामारी खेल्थ्यौ
सँग सँगै सुसेली हाल्दै बेंसी झर्ने हो कि ।
चखेवाका जोडिले नि जिस्काउन थाले
नयाँ नौलो जिन्दगीको रंग भर्ने हो कि ।
कति सपना फुलाउन बाँकी नै छ यहॉं
जुनिभरलाई पिरतिको बीऊ छर्ने हो कि ।
भोलि भन्दाभन्दै समयले नेटो काटयो
अन्जानमै कतै चोखो माया मर्ने हो कि ।
2072-09-06/7:26 pm
1
खेत बारी बाँझो रहे हुर्के उत्तिस सल्ला
एक किलोको पन्ध्रमा दाउरा बेच्ने हल्ला ।
ग्यास आउन बन्द भयो राज्य दाउरा बेच्छ
यस्तो छांटले नेपालीको चुलो क्यारी जल्ला ।
फेल भयो कुट नीति सीमा भए बन्द
दैनिकी भो कस्टकर कसो गरी चल्ला ।
दबाब दिन सक्ने हैन जथाभाबि बोल्छन
यस्तो चालले छिमेकी खै कसरी गल्ला ।
उत्पादन केहि छैन बाहिरै भर पर्नु पर्ने
स्वाधिनताका तिम्रा भाषण हुन थाले खल्ला ।
2072-07-28
14 November at 21:27
2
ढूंगे युगमा फर्कन थाले जस्तो छ
चुलो भित्र दाउराहरु हाले जस्तो छ ।
सँधैभरि अरुकै भर पर्ने गर्थ्यौ
स्वाधिनताको टुकी बाले जस्तो छ ।
बिज्ञान र प्रबिधिमा धेरै पछि पर्यौ
अज्ञानता रूढ़िबादले गाले जस्तो छ ।
उर्जाशील समय कति ब्यतीत भयो
झगडामैं त्यसै खेर फाले जस्तो छ ।
आत्मनिर्भर बन्ने योजना नै देखिदैन
अंध्यारोमा पाइला चाले जस्तो छ ।
जता हेर्यो उतै अभाब र संकट छ
भत्किएको घरलाई टाले जस्तो छ ।
2072-07-28
14 November at 22:32
3
कपडा भयो छोटो तिम्रो लाज हराएपछि
रूप भयो खोटो शिरको ताज हराएपछि ।
के के पोत्यौ अनुहारमा झनै कुरूप बन्यौ
यस्तै हुन्छ सुन्दरताको राज हराएपछि ।
दिनरात ट्विटर र फेसबुकमा ब्यस्त हुन्छौ
कमाई खोज्छौ मोटो कामकाज हराएपछि ।
गाउ शहर जताततै तिम्रै हल्ला चलेको छ
आज अचानक दुनियां माझ हराएपछि ।
2072-07-29
15 November at 07:39 ·
4
पेट्रोल नआएर के भो
पाइलाहरु चलेकै छन ।
ग्यास नआएर के भो
दाउराहरु बलेकै छन ।
लौ आउ धार लगाऊँ
हँसिया र बंचरोमा ।
रानी बनमा बूढ़ा बूढ़ा
रुखहरु त ढलेकै छन ।
अझै कति भर परौ
दुष्ट आफ्नै नेताज्यूको ।
कुरै कुरामा हर दिन
हाम्लाई यिन्ले छलेकै छन ।
2072-07-30
16 November at 07:48
5
हिजो आज पेट्रोल पम्पमा
धेरै इन्धन हराएछ
चामल चिउरा बेच्नेले नि
डिजेल पेट्रोल भराएछ ।
जता हेरयो उतै सास्ती
जीबन जिउनै गार्हो भयो
निर्धो सोध्छ यस्तो हालत
खै कस्ले गराएछ ।
कहिले यता कहिले उता
भौतारीदै हिड्ने हामि
दक्षिणले लात हान्दा
उत्तरले मन पराएछ ।
मुखमा मात्रै स्वाधीनता
बगलिमा अर्कै देख्छु
किन किन यो मन भित्र
रास्ट्रियता चहराएछ ।
2072-08-01
18 November at 02:53
6
पारी गाउको बत्ती हेरी रात काट्छु वारी
कैले सम्म हुने होला बिद्युत अबरोध जारी ।
मोबाईल सेट बन्द भए सबै संचार टूटे
वल्लो पल्लो घरका जुटी बस्छौ बातमारी ।
कान्छो छोरा कार्टून हैर्थ्यो टोलाउन थाल्यो
क्रिकेट बल र ब्याट बोकेर डुल्छ खेतबारी ।
जेठो छोरा रीसाउछ नेट चलेन भन्दै
कर गर्छ सोलार जोड्न कति बसौं टारी ।
उता छोरी फेसबुकमा च्याट गर्न पाइनन् रे
साथीले के भन्लान भनि बस्छिन आँसु झारी ।
घरकी मैंया कच्कचाउछिन सीरियल छुट्यो रे
सम्हाल्न नै गार्हो भयो आजकलका नारी ।
कसो गरी चित्त बुझाऊं सबै आगो भा'छन
आजकल त आफ्नै जीबन लाग्न थाल्यो भारी ।
जलस्रोत को धनी देश अन्धकारमा बास
नेटो काट्नु पर्छ क्या हो बरु बसाइं सारी ।
2072-08-04
20 November at 08:32
7
रिसाएनि आमै जाति
पोले पनि घामै जाति ।
जति पिछडिएको भएपनि
आखिर आफ्नो गामै जाति ।
भोजन भन्दा भोक मिठो
ढ़िडो गूंद्रूक मामै जाति ।
तिमीले घृणा गरे पनि
मलाई मेरो कामै जाति ।
जति सुकै बिर्संन खोज
मलाई तिम्रो नामै जाति ।
2072-08-06
8
तिम्रो शहरमा तिमी नै बस
मलाई मेरो गाउ चाहिन्छ ।
अभाब र उत्पीडनले हैरानी भो
मलाई उहि प्यारो ठाउ चाहिन्छ ।
तिमी नै पर अरुको भर
बैशाखी टेकेर अगाडि बढ़ ।
आफ्नै खुट्टामा अडिएको
मलाई स्वाभिमानी नाउ चाहिन्छ ।
तिमी त रम्छौ बिदेशी तालमा
पारेर सधै अरुलाई जालमा ।
चाहिदैन तिम्रो कुनै आशिर्बाद
मलाई मेरै भाउ चाहिन्छ ।
बनेर हिड्छौ अरुकै गोटि
झुक्याउन खोज्यौ धेरै चोटी ।
स्वाधीन मुलुक बनाउने भए
एउटा गतिलो माउ चाहिन्छ ।
2072-08-07
23 November at 05:16
9
"सुध्रीन नसकेको म शिक्षक"
एक्काईसौं शताब्दिको
म शिक्षक
बिना तयारी कक्षामा पस्छु
कुर्ची तानेर
थ्याच्च बस्छु
अनि सोध्छु
पाठ कहाँ पुग्यो ।
ब्राह्मणले
बेद पढ़े जस्तै
पाठ भट्भट्याउन थाल्छु
उनीहरुलाई
श्रवण गराउछु
अनि सोध्छु
पाठ कत्तिको बुझ्यौ ।
हो म
उहि शिक्षक
फुर्सदमा एकैछिन सोच्न थाल्छु
राजनीतिले मलाई
कक्षामा छिराएको
अनि भन्छु
पाठ सकियो ।
किनकि
मैले धेरै गर्नुछ
सम्झिन्छु म एक शिक्षक मात्र हैन
म एक कार्यकर्ता
एउटा ब्यापारी
अनि भन्छु
अन्यत्र काम थियो ।
म अकस्मात
झुल्किन्छु अस्ताउछु
मलाई समयको कुनै परबाह छैन
म समाजसेवी
बुद्धिजीबि
अनि लाग्छु
कहाँ के गर्नु थियो ।
हो म तालिमप्राप्त
शिक्षक
मेरो तालिम कहिल्यै कक्षामा छिरेन
म आफै जान्ने
बिद्वान मान्छे
अनि भन्छु
सामग्री किन चाहियो ।
म उहि
कठोर शिक्षक
लठठीको सहारामा कक्षा चलाउछु
बिध्यार्थिलाई
चुप गराउछु
र भन्छु
अनुशासन नै गहना हो ।
न म समयसंगै
बदलिन सके
नबिनतम प्रबिधिमा अभ्यस्त छैन
तैपनि छोड्दिन
लगाउन फुर्ती
अनि कहन्छु
दुनिया अगाडि बढ्यो ।
2072-08-07
23 November at 06:13
10
कोहि भन्छन् नाकाबन्दी अघोषित हो
कोहि भन्छन् हैन यो त घोषित हो ।
आफ्नै धोति आफैले सम्हाल्न सक्दैनौ
भन्छौ बिदेशिद्वारा पालित र पोषित हो ।
तिमी त शासक पर्यौ चुलो बलेकै होला
आखिर सताइने त निमुखो शोषित हो ।
खै कस्लाई दोष लगाऊँ सबै उस्तै देख्छु
लाग्दै छ हाम्रो राजनीति नै कुपोषित हो ।
2072-08-07
23 November at 07:36 ·
11
मेरो देउपुर गाउ
आउनु हजुर घुम्नलाई देउपुरको गाउमा
स्वर्ग जस्तै सुन्दर त्यो रमाइलो ठाउमा ।
माथि हेर्दा माछापुच्छे तल मोदी खोला
झिलिमिली देउपुर गाउ कति राम्रो होला ।
महभीरमा माहुरीका घार झुलेका छन
बनै भरि लाली गुराँस फूल फुलेका छन ।
देउपुरको खेतिपाति नामै छ चलेको
गाउ भरि बगैचा छन सुन्तला फलेको ।
ब्यबसायिक खेति अनि पशुपालन गर्ने
जंगलमा कालिज , हरिण , मृगहरु चर्ने ।
जताततै हरियाली रमणीय गाउ
संस्कृतिमा उस्तै धनी हेर्न त्यहाँ जाऊँ ।
कोटकालिका, भमरकोट, शिबमन्दिर हाम्रा
पुर्खाहरुले आर्जेका सम्पदा छन राम्रा ।
स्वच्छ हावा सफा ठाउ कञ्चन छ पानी
बिद्युतको खानी हो यो सुन्दरताको रानी ।
2072-08-08
24 November at 09:06
12
"अर्थ "
सुनसान
अध्यारो कालो रात
गाउ समिपमै
निरन्तर
गर्जिन्छन जोडि बाघहरु
अनि
भुक्न थाल्छन
गाउ भरिका कुकुरहरु ।
थाहा छैन
बाघलाई
थर्काएर भुक्छन
वा आफै
डराएर भुक्छन
तर
रातभर भुकिरहन्छन ।
निद्रा हराउछ
कोल्टे फेर्छु
मनमनै सोच्छु
सायद कुनै
अर्थ छ
कुकुरहरुको भूकाइमा ।
लगातार
जोड संग
भुक्नुको अर्थ
भुक्दा भुक्दै
अकस्मात्
पुच्छर लुकाएर
घरभित्र लुक्नुको अर्थ ।
रात ढल्दै जान्छ
मिर्मिरे बिहानिसंगै
जमघट हुन्छ
गाउको चिया पसलमा
सुन्छु हिजै राति
मान्ते दाइको
भोटे कुकुर हराएछ ।
म झस्कन्छु
अनि सम्झंछु
रात भरि भुक्दै र लुक्दै गरेको
मेरो प्यारो निक्किरामलाई
घर फर्केर हेर्छु
ऊ त मस्त
निद्रामा घुरिरहेको देख्छु ।
बल्ल बुझें
निक्कीराम जस्तै
भुक्ने र लुक्नेहरुको अर्थ
उता भुक्दा भुक्दै
हराउनेहरुको अर्थ
अनि
जंगलमा गर्जदै कराउनेहरुको अर्थ
2072-08-10
27 November at 07:11
13
दिनको कुरा के गर्नु रात परे पछि
गुनको कुरा के गर्नु घात गरेपछि ।
जिन्दगी भो मरुभूमि उजाडिए सपनाहरु
रुखको कुरा के गर्नु पात झरेपछि ।
27 November at 22:06
14
तिमी
रिसाएर पो के भो
तिमी जस्ता
हजारहरु छन यहां ।
सम्बन्ध
चिसाएर पो के भो
पाइलैपिच्छे जुध्ने
नजरहरु छन यहां ।
आखिर
बिन्ति बिसाएर पो के भो
मान्छेले मान्छे बेच्ने
बजारहरु छन यहां ।
2072-08-12
29 November at 05:39
15
गोलाप्रथा गरी गरी ग्यास बाड्न थालिएछ
उत्तर दक्षिण सरि सरि बार्ता भाड्न थालिएछ ।
कर्म भन्दा भाग्यमा नै बिश्वास गर्ने वीर हामी
घार भित्रै आगो झोसी मह काढ़न थालिएछ ।
कता गए जंगे पिल्लर नदी उतै बग्न थाले
देश भित्रै प्लटिङ गरी सीमा गाड्न थालिएछ ।
ब्यर्थ भए राष्ट्रियता स्वाधिनताका कुरा तिम्रा
भित्र भित्रै फेरि उसकै पाउ माड्न थालिएछ ।
2072-08-13
29 November at 09:06
16
बालबालिका सड़कको सांग्लोमा गाँसिएका छन
कति उज्ज्वल सपना सडकमैं निस्सासिएका छन ।
पढन पाउने अधिकार संबिधानमा लेख्या छ रे
खै कसरी पाउने होलान् धाराहरु भासिएका छन ।
संबिधानका धारा धारा घोकाउने योजना छ रे
ब्यबहारमा सबै कुरा गर्भ भित्रै नासिएका छन ।
न लेखेर हुने रैछ न देखेर नै पाइने रैछ
जोगाउन पर्नेहरु बाल्यकालमै नासिएका छन ।
2072-08-15
2 December at 09:06 ·
17
पाकेको बालीमा पानी हालेर बढ़ि फल्दैन अरे
निभीसके पछि तेल हालेर दियो बल्दैन अरे ।
जे गर्नु छ समयमै गरौं अरुको भर कत्ति नपरौं
परनिर्भर भै बाचेर अब जीबन चल्दैन अरे ।
स्वाधीन बन्न कसरी सक्छौ हामीले बिचार गरौ
पराइको ग्यास बालेर अब चुलो जल्दैन अरे ।
स्वदेशमा आफ्नै बुद्धि र सिप बिबेक प्रयोग गरौं
समय छदै सचेत बने कसैले छल्दैन अरे ।
कुरामा मात्र होइन अब काममा अघि बढऔ
देशकै लागि समर्पित भए स्वाभिमान गल्दैन अरे ।
2072-08-16
2 December at 20:40 ·
18
"अनुभूति"
झडका दियो भुकम्पले नाकाबन्दीले
देशै थला पर्ने हो कि आर्थिक मन्दीले ।
बार्ता भन्छौ मिति सार्छौ छैन केहि टुङ्गो
फूर्ति गर्थ्यौ बोल्नै छाडेउ भैसकेउ हलुङगो ।
अकस्मात राष्ट्रबादको भूत तिम्लाई जाग्यो
दक्षिणबाट उत्तर दौड्यौ शून्य हात लाग्यो ।
तिम्रो चाला देखी जनता हुन थाले दिक्क
कहिले उत्तर कहिले दक्षिण दौडिन मैं ठीक्क ।
चोरी बाटो ईन्धन आउने चलेकै छन गाडी
के को कुरा मिल्थ्यो सबले छामे तिम्रा नाडि ।
देश भित्र बिकल्पको तिम्ले बाटो भेटाएनौ
अभाब र संकटको दर्द अझै मेटाएनौ ।
सत्तामा छौ मात्र गर्छौ स्वाधिनताका कुरा
तिम्रा सबै कुरा केबल रहेछन् अधूरा ।
नाम लेखाउन मात्रै हो कि दरबार छिरेको
जुन जोगी आए पनि कानै चिरेको ।
2072-08-17
3 December at 04:58
19
खोला किनार फांटहरुमा बनभोजको तांती
नाच्ने गाउने रमाउने खायो नाना भाँती ।
कस्तो फेसन चल्यो हजुर फेरिएछ युग
झगडा गर्छ पिकनिक जान दुईबर्षको नाति ।
हजुरबुबा सालैजोमा नाति डिस्को नाच्छ
साँझ घर नफर्कदै दुख्न थाल्छ छाती ।
आफ्नैपन केहि छैन पराइको सिको देख्छु
बरु झ्याउरे गीत गाइ बनभात खान जाती ।
5 December at 21:38
20
नाच्न नजानेर के भो कम्मर मर्काए भैगो
गीत नजानेर के भो टुक्का फर्काए भैगो ।
नाना थरी रंग पोतेकै छौ स्टेट गरेकै छौ
लिखा जुम्रा भएर के भो केश लर्काए भैगो ।
छाड़ी देउ अध्ययन तर्क र बहसका कुरा
पढदै नपढ़ेर के भो भाषण चर्काए भैगो ।
21
गीत
तिम्रो र मेरो मायाको कुरा
गाउ भरि हल्ला चर्कायौ किन
मायाको भिख मागेको थिए
रित्तो हात त्यसै फर्कायौ किन ।
तिम्रो र मेरो....
गाढा थियो हाम्रो सम्बन्ध
टाढा थियो बैरीको गन्ध
कुरेर बसें तिमीलाई नै भनि
भोलि भोलि भन्दै पर्खायौ किन ।
तिम्रो र मेरो .......
के भूल गरें माया लाएर
सँगै जिउने कसम खाएर
बिश्वास घात गर्यौ तिमीले
धोकेबाज भन्दै थर्कायौ किन ।
तिम्रो र मेरो .........
2072-08-21
7 December at 17:48
22
पढ़यो लेख्यो काम छैन
काम भेट्यो दाम छैन
दाम बिनाको जिन्दगीमा
यहाँ कसैको नाम छैन ।
युबाहरु बिदेशिए
बस्तीहरु उजाडिए
हेर्दा हेर्दै खण्डहर भो
मान्छे बस्ने गाम छैन।
महँगीले नेटो काट्यो
मैंया भन्छिन् गुन्यू फाट्यो
कसो गरी जीबन धान्ने
हातमुख जोर्ने माम छैन ।
कुरा मात्र ठुला गर्ने
बिदेशकै भर पर्ने
खै कस्लाई बिश्वास गरौ
कसैको मुखमा राम छैन ।
2072-08-22
8 December at 05:33
23
सन्दर्भ : भ्रष्टाचार बिरुद्दको दिबस
ठूला माछा जालभित्र पार्ने कहिले हो
भ्रष्टलाई चुलो चौको बार्ने कहिले हो ?
अख्तियारले पत्र काट्दा उल्टै घुर्कि लाए
यिनलाई लगी अदालतमा खार्ने कहिले हो ?
भ्रष्टले नै शासन गर्ने चलन रोकिएको छैन
यिनलाई सत्ता, शक्तिबाट झार्ने कहिले हो ?
जता जान्छु उतै देख्छु भ्रष्टहरुको चुरीफुरी
भ्रस्टाचारी कालो जालो ब' ढार्ने कहिले हो ?
2072-08-23
8 December at 19:51 ·
24
शहरमा बिजुली आयो झिलिमिली भयो
गाउमा भने अन्धकार छ टुकि बलिरह्यो।
शहर र गाउ बीचको भेद खुल्न थालेको छ
बिभेद देख्दा आक्रोसको ज्वाला जलिरह्यो ।
सोझा साझा गाउलेको कुरा कस्ले सुनिदिने
कथित ठूला बडाहरुको हैकम चलिरह्यो ।
ट्रान्स्फर्मर उस्तै हो कि बिद्युतका कर्मचारी
बर्षऔ देखि यस्ले हाम्लाई सधै छलिरह्यो ।
2072-08-22/8:20pm
25
सन्दर्भ: अन्तर्राष्ट्रिय मानब अधिकार दिबस
जहाँ मान्छेले मान्छेलाई भेदभाब गर्छ
निर्दोष भ्रूण नजन्मिदै गर्भमै मर्छ ।
खै के गरौं मानब अधिकारको कुरा
रक्षक नै भक्षक बनि अगाडि सर्छ ।
जो छ मानब अधिकार उल्लंघन कर्ता
उसले दुनियामाझ अर्ति र उपदेश छर्छ ।
गोलिले बुझ्दैन बाच्न पाउने अधिकार
सडकको बटुवा बालक सहीद बन्नु पर्छ ।
कोहि जल्छन जिउंदै झोसिन्छ आगो
न यहाँ कसैले ढल्नेहरुलाई प्राण भर्छ ।
2072-08-24/10:00am
26
सन्दर्भ : बाला चतुर्दशी
सदबीज यदि छर्ने हो भने
शान्तिको बीज छरेर आऊ
गाउँका बस्ती अन्धकार बने
उज्यालो लाली भरेर आऊ ।
के चिन्ता गर्छौ अर्को जन्मको
यहि जुनी काट्न धौधौ भयो
भोका र नांगा तनहरुलाई
सघाउन अघि सरेर आऊ ।
जानु नै पर्छ संसार छोडी
कस्ले पो के नै लगेको छ र
सेवा नै धर्म हो भन्ने सम्झी
प्रतिज्ञा तिमी गरेर आऊ ।
सजिलो छैन कर्मको बाटो
अनेकौं कस्ट झेल्नु नै पर्छ
नथाक तिमी अगाडि बढ
जंघारहरु तरेर आऊ ।
सुखमा रम्ने धेरै भेटिन्छन
बिपदमा हुन्छन् सबै बिरानो
जे जति सक्छौ त्यति नै गर
दुख र बाधा हरेर आऊ ।
2072-08-24/12 noon
27
काम चोरहरु काम चोर्दै गर
दाम चोरहरु सन्दुक फोर्दै गर
गरी खाने आंट नभएपछि
यताउति गरी धन जोर्दै गर ।
दश बजे आई हाजिर लाऊ
चार बजेपछि टुंग्याउन आऊ
राजनीतिको फेरो समाएपछि
धमाधम पदकहरु सो' होर्दै गर ।
तिम्रै छ पालो फूर्ति लगाऊ
दुनियाँ माझ भ्रम चलाऊ
भ्रमकै खेति सफल गरेपछि
भोलिको गन्तब्य कोर्दै गर ।
2072-08-25 /8:30 deupur
28
बालक देखि बृद्धसम्म बसमा चढेका थिए
तेरोमेरो सीट भन्दै आपसमा लडेका थिए ।
बेनी देखी टिकट काटि सुनौलीको यात्रा रैछ
सिटमा भन्दा बढ़ी यात्रु गल्लीमै खडेका थिए ।
कोलाहल गर्दै थिए सीट मिलाउनु परयो भन्दै
ड्राइभर दाइ हर्न बजाउदै अगाडि बढेका थिए ।
सास फेर्नै उकुस मुकुस उल्टी गर्दै थिए कोहि
भाडा लिने बेला एसि वाईफाई जडेका थिए ।
डबल भाडा तिर्नु पर्ने सास्ती झनै बढ़ी रैछ
नाका खुल्यो भन्ने अखबारमा पढेका थिए ।
एउटै यात्रु बढ़ी भए पहिले ट्राफिक सिठी हान्थे
त्यहाँ भने नियम कानून कागजमै सडेका थिए ।
2072-08-25 friday/7:30pm kushma
29
कोहि नाचे बसिबसि कोहि उठेर
बनभोज बन्यो रोचक सबै जुटेर ।
कोहि भर्न थाले पानी कोहि आगो फुके
खाना झनै स्वादिलो भो आफै भुटेर ।
पकाउने पनि आफै खाने पनि आफै
यस्तो मजा कहाँ मिल्थ्यो घरमा सुतेर ।
सामूहिक तस्बिर खिचे संझनाको लागि
भोलि कति पछुताउंछन आफू छुटेर ।
त्यहिं थियो अर्को पिकनिक नाचे दिनभर
हिड्ने बेला लड्दै थिए आपसमा कुटेर ।
कोहि मुक्का हान्दै थिए कोहि कराउदै
धन्न घाइते भएनछन टाउको फुटेर ।।
जन नेत्र पिकनिक स्पेसल -2072/08/26
@dhaulaagiri gate
30
मन्त्री भई सजिएर दौरा सुरुवाल कोटमा ।
के फल्थ्यो र स्याउ हजुर अंगुरको बोटमा ।
नानी देखि लाको बानी के सुद्रिन्थ्यौ अहिले
बगलीमा छूरा रैछ राम राम मात्रै ओठमा ।
यस्तो गर्छु उस्तो गर्छु भन्दै फूर्ति लाउंथ्यौ
जनतालाई ढ़ाटने मात्रै रैछौ तिम्ले भोटमा ।
आफ्नै छोरी नातिनीलाई चीनमा पठाएछौ
भुकम्पका पीडितलाई झनै पार्र्यौ चोटमा ।
अख्तियारले पत्र काट्दा बर्बराउन थाल्यौ
अझै पनि छोड्या छैनौ आँखा लाउन नोटमा ।
2072-08-27
31
शिक्षक मात्रै ज्ञानको स्रोत हैन हजुर
नत यो हो अंध्यारोको मैन हजुर ।
सबै संग लुकेको छ प्रतिभाको खानी
कोहि पनि क्षमता बिहिन छैन हजुर ।
हरेक ब्यक्ति फरक हुन्छ बेग्लै क्षमताको
यहॉं त्यसको पहिचान हुदै भैन हजुर ।
बिद्यार्थी नै पुस्तक हो पढ़न सक्नु पर्छ
बन्न दिनु हुन्न उसलाई बे' चैन हजुर ।
शिक्षक बन्न सक्नु पर्छ अब सहजकर्ता
प्रबिधिले सानो ठूलो भन्' दैन हजुर ।
2072-09-01 / 08:53pm @deupur school
32
कहिलेकाहीँ त साइत पर्दो रैछ नि
समयले पनि बिचार गर्दो रैछ नि ।
दुख पीड़ाबीच बल्ल थोरै खुशी भेटें
धैर्य गरे तारा भूईमा झर्दो रैछ नि ।
अंधेरी रात काट्न कति कष्टहरु सहें
बिहानीमा लाली किरण छर्दो रैछ नि ।
जस्तो पनि भोग्नू पर्ने रैछ जिन्दगानी
सुख दुख यता उता सर्दो रैछ नि ।
2072-09-03/9:10am @pokhara
33
छोरो जान्छ अमेरिका ऋण खोजेर
उतै घरजम गर्न थाल्छ सुड्डी रोजेर ।
बिदेश जाँदा लागेको ऋण तिर्ने पनिहैन
यता साहुले ब्याज लिन्छ तेब्बर गोजेर ।
के सोचेको के भयो भन्छिन् बूढ़ी आमा
हृदयघात हुन्छ बाउलाई के के सोचेर ।
२072-09-04/12:00noon @muglin
34
थपिएछ कांधमा फेरि नयाँ जिम्मेबारी
गन्तब्यको यात्रा अझै छ नि हजुर जारी ।
कति दुःख कष्ट सही अघि बढ्नु पर्छ
न त धातु बन्छ सुन भट्टिमा न' खारी ।
कति आए कति गए संगी साथीहरु
कति छुटछन वारी अनि कति पुग्छन पारी ।
जीबन एउटा यात्रा रैछ अघि बढ्दै जाने
उकालीमा बोक्दै हिडनु पर्ने रैछ भारी ।
सफलता र असफलता संगसंगै आउने
जुध्दै अघि बढ्नु पर्छ कहिल्यै न' हारी ।
2072-08-05 / 5:10am @chitwan
35
संगठन नै एकता हो एकतामै बल हुन्छ
जुट्यो भने मात्रै त्यहाँ अपेक्षित फल हुन्छ ।
बिचारहरु मिलाउनु बिबादहरु सुल्झाउनु
त्यस्तो घर ध्वस्त हुन्छ जहाँ धेरै कल हुन्छ ।
सुझाब लिनु अरुको निर्णय चाहिं आफै गर्नु
अबिचलित बन्नू जहाँ निर्णायक पल हुन्छ ।
सताउने धेरै हुन्छन् सघाउने हरु भन्दा
सचेत बनि अघि बढ्नु जहाँ धेरै छल हुन्छ ।
दृढ आत्मबिश्वास लिई लक्ष्यतिरै केन्द्रित हुनु
जस्तोसुकै समस्या नि सहजले हल हुन्छ ।
2072-09-05/7:40am @ nawalparasi
३6
चिसो चिसो सिरेठोमा हिउँ पर्ने हो कि
एउटै सप्को ओडि बस्ने निहु गर्ने हो कि ।
लेकमा बाख्रा चराउदा लुकामारी खेल्थ्यौ
सँग सँगै सुसेली हाल्दै बेंसी झर्ने हो कि ।
चखेवाका जोडिले नि जिस्काउन थाले
नयाँ नौलो जिन्दगीको रंग भर्ने हो कि ।
कति सपना फुलाउन बाँकी नै छ यहॉं
जुनिभरलाई पिरतिको बीऊ छर्ने हो कि ।
भोलि भन्दाभन्दै समयले नेटो काटयो
अन्जानमै कतै चोखो माया मर्ने हो कि ।
2072-09-06/7:26 pm @parbat