Skip to main content

Posts

Showing posts from July, 2017

भमरकोट

पर्वत जिल्ला हिमालय पर्वतको काख हो । प्राचीन पर्वतराज्यका मल्ल राजाहरुले यस राज्यको राज गर्ने क्रममा राज्य विभाजन गरिंदा महाराज रघुदत्त मल्ल पावन देवपुर क्षेत्रको राजा भई अाउनु भएको र मन्त्री या उपासुको रुपमा खड्का एवम् कार्कीहरु रहिआएको र  अागमनको समयमा पाल्पा बाट ल्याईएकी भगवतीको पहिलो मूर्ति बाग्लुङमा स्थापना गरि दोस्रो कालिकाको मूर्ति सहित देवपुरकोटमा शरदकालिन तथा भंवरकोटमा गृष्मकालिन दरवार निर्माणगरि राज्य संचालन तथा शक्तिपिठको प्रतिष्ठा वैदिक रुपमा गरिवैदिक रुपमा ब्राह्मणहरु द्वारा पूजापाठ नौमती तथा पञ्चे बाजा द्वारा सेवा लगाउने गरि शासकिय कार्य गर्दै अाउनु भएको थियो । यस प्रकारले स्थापित शक्ति पिठ अन्तर्गत श्री भ्रमरकोट (हालको भंवरकोट) मा शिद्दबाबा,शक्तिमाता (शैलेश्वरीमाई ) जेठाभूमे गुरुदेव तथा कैलाशेश्वरशिव,सहित विभिन्न देवदेवी तथा मठहरु निर्माण गरि साक्षात दैविक धाम निर्मित भएका ईतिहास वर्तमान सम्म जिवित छन् । पर्वतको मल्लाज र देउपुर मात्रै ईतिहासमा उल्लेखित राज्य हुन् जहाँ मल्लराजाहरुले राज गरे । तात्कालिन देवपुर अन्तर्गत पूर्वोत्तर पर्वतको अधिकांश भाग पर्दथ्यो । यस प्रक