Skip to main content

Posts

Showing posts from November, 2019

लघुकथा खुट्टाको मर्म

लघु कथा " खुट्टाको मर्म " --भुमिराज शर्मा  एक दिन अन्तराष्ट्रिय दौड़ प्रतियोगितामा दौड्दै गर्दा खुट्टा सानो तिखो ढुङ्गामा ठोक्किएछ ।  ठेस लाग्दा घाऊ भएछ । ह्वाल ह्वाल्ती रगत आउन थालेछ ।  तै पनि खुट्टाले हार मानेनछ । राष्ट्रको लागि पदक प्राप्तिका खातिर सबै पीडाहरु भुलेर उसले आफ्नो गति झन बढाएछ  । अन्तमा प्रथम भएरै छाडेछ ।    यो देखेर खुट्टा लाई जुत्ताले सोधेछ ।" ढुङ्गा ले मलाई छेड्यो । तिमीलाई चोट लागेर रगत बग्यो । पुरै रगतले म निथरुक्क भिजें । तर पनि तिमी किन रोकिएनौ ?  खुट्टाले बिस्तारै भन्यो । " हेर  लक्ष्य प्राप्ति को बाटोमा यस्ता कैयौ बाधा र पीड़ाहरु आई रहन्छन।तर ती कुराहरु भन्दा आफ्नो लक्ष्य प्रधान ठानेर निरन्तर गतिमा अगाडि बढ्नु पर्छ । यदि म त्यति बेला पिडाको अनुभूति गरेर सुस्ताएको भए यो बिजय सम्भब थिएन । "  एकछिन पछि बिजय उत्सब शुरू भयो । दौडदा च्यातिएको जुत्ता नजिकैको फोहोर फाल्ने भाडोमा हालियो । त्यसको ठाउँमा नयाँ जुत्ता फेरियो । घाइते  खुट्टाको रगत कट्कटिएर जमेको थियो । रगत आउन बन्द भइसकेको थियो । तर उपचारको कुनै वास्ता थिएन । किनकि बिजय उत्सबको जुलूस अ

संघीय शिक्षा ऐन समयमा नआउँदा सृजना भएका अन्योल्ताहरु

एनसिई नेपाल मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान जारी भएको लामो समय व्यतित भइसकेको छ । शिक्षा क्षेत्रले पनि समयसापेक्ष समग्र परिवर्तनको लाभ लिन सकोस् भन्ने उद्देश्यले संविधानमा संघीय संरचना सुहाउँदो गुणस्तरीय सार्वजनिक शिक्षा प्रणालीको परिकल्पना गरी संविधानतः शिक्षालाई मौलिक हकको रुपमा सुनिश्चित गरिएको छ । तर संविधानप्रदत्त गुणस्तरीय शिक्षाको अधिकारको सुनिश्चिततामा राज्यको पर्याप्त ध्यान नपुगेको र सार्वजनिक शिक्षा सरकारको प्राथमिकतामा नपरेको कुरा संघीय शिक्षा ऐन जारी गर्न भएको ढिलाइले पुष्टी गर्दछ । साथै नेपाल सरकारद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले यही २०७५ माघ १ गते नै प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुनु र सोको कार्यान्वयनको सन्दर्भमा स्पष्ट खाका नआउनुले सरकारले करोडौ रकमको लगानी गरी गरेको कामप्रति आम नागरिक (जो सो लगानीको दायित्व वहन गर्दछन्) प्रतिको जवाफदेहितामा प्रश्नचिन्ह खडा गरेको छ ।  तसर्थ संघीय शिक्षा ऐन जारी गर्नमा भएको ढिलाइले नेपालको समग्र शिक्षा प्रणलीलाई प्रत्यक्ष र परोक्षरुपमा कसरी प्रभाव पारिराखेको छ भन्ने