Skip to main content

Posts

कक्षा ३, विद्यार्थी पनि ३

ओखलढुंगा, माघ १४ - वरुणेश्वर ७ स्थित मिलन चौतारा प्राविमा सोमबार ४ जनामात्र विद्यार्थी अध्ययनरत थिए। उक्त विद्यालयमा बाल कक्षासहित कक्षा ३ सम्म अध्यापन हुन्छ। विद्यालयकी सुमित्रा राई सोमबार कक्षा ३ मा एक जना छात्रालाई पढाउँदै थिइन्। 'तीन कक्षामा तीनै जना विद्यार्थी छन्। आज दुई जना आएनन्,' राईले भनिन्, 'त्यसैले एकै जनालाई पढाइरहेकी हुँ।' बाल कक्षासहित कक्षा तीनसम्म पढाइ हुने यहाँ विद्यार्थी संख्या २५ रहेको प्रधानअध्यापक कुलबहादुर बानियाँले दाबी गरे। 'टिफिनपछि नै घरतिर लागेछन्,' प्रअ बानियाँले भने, 'दैनिक १०-१५ जना आउँछन्।' ०४७ मा स्थापना भएको प्राविमा चार वर्षअघि कक्षा ४ सम्म पढाइ हुन्थ्यो। विद्यार्थी संख्या कम भएकै कारण ०६७ मा घटुवा गरी कक्षा तीनमा झारिएको हो। करिब १० मिनेटको दूरीमा रहेको गणेश मावि ढुस्केले दुई वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पढाउन थालेपछि यहाँ विद्यार्थी संख्या घटेको उनले बताए। प्रअसहित दुई शिक्षक दरबन्दी रहेको विद्यालयमा एक दरबन्दी हालै रिक्त भएको छ। विद्यालय अनुदानबापत प्राप्त ३० हजार रुपैयाँ सहयोगमा कर्मचारीका रूपमा सुमित्रा २...

अख्तियारले शिक्षक, निजी विद्यालय र शिक्षाका कर्मचारीप्रति औँला ठड्यायो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आफ्नो २४ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति डा. रामवरण यादवसमक्ष पेश गरेको छ । प्रतिवेदनले अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा बढी शिक्षा क्षेत्रसँग सम्बन्धित भएको औँल्याएको छ । प्रतिवेदन अनुसार शिक्षामा विगत एक वर्षको अवधिमा दुई हजार नौ सय उजुरी परेका छन् । शिक्षापछि स्थानीय निकायका उजुरी बढी छन् । प्रतिवेदनले औँल्याएका शिक्षासम्बन्धी विषयवस्तु : शिक्षा क्षेत्रमा देखिएका अनियमितता र विकृतिका कारण लाखौँ बालबालिका आधारभूत र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारबाट वन्चित छन् । यसैका कारण बर्सेनि ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेशतर्फ पलायन हुनुपरेको अवस्था पनि छ । सार्वजनिक र निजी विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरमा ठूलो अन्तर छ । विद्यार्थी संख्याका आधारमा शिक्षकहरुको दरबन्दी मिलान नभएका कारण पठनपाठन प्रभावित हुने गरेको छ ।   त्यसैगरी विद्यमान कानुन विपरीत शिक्षक नियुक्ति गरिएका र कार्यस्थलमा अस्थित्व नै नभएका झोले विद्यालयहरुको कागजी रेकर्ड मात्र खडा गरी तलब भत्ता, प्रशासनीक खर्च, विद्यार्थी छात्रवृत्ति ...

अब प्लस टुमा पनि ग्रेटिङ सिस्ट

काठमाडौं, १३ माघ । उच्च माध्यमिक शिक्षा परिषदले १० जोड २ (कक्षा ११ र १२) मा लेटर ग्रेटिङ प्रणाली लागू गर्ने योजना अघि बढाएको छ । लेटर ग्रेटिङ प्रणाली लागू गर्दा विद्यार्थीको शैक्षिक प्रमाणपत्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि प्रभावकारी हुने भन्दै परिषद्ले गृहकार्य अघि बढाएको हो ।  विश्वविद्यालय र विद्यालय तहमा लेटर ग्रेटिङ प्रणाली लागू भएपछि १० जोड २ मा पनि लागू गर्ने योजनालाई अघि सारिएको उच्च माध्यमिक शिक्षा परिषदका सहसचिव नारायण कोइरालाले बताए ।  यसलाई कुन मोडलमा लागू गर्ने भन्ने विषयमा शिक्षामन्त्रीस्तरीय बैठकमा आइतबार छलफल भएको बताएँदै सहसचिव कोइरालाले भने, ‘विज्ञ तथा सरोकारवालासहितको उच्चस्तरीय कार्यदल गठन गरेर सुझाव लिइनेछ।’ अंक प्रतिशत प्रणाली अधिकांश मुलुकहरूमा हटिसकेकोले नेपालमा पनि यसलाई हटाएर अक्षर प्रणाली लागू गर्ने आवश्यक छ । 

प्राविधिक विषयमा लाइसेन्स बिना नै शिक्षण गर्न पाइने

काठमाडौं, १२ माघ । विभिन्न प्राविधिक विषयहरुमा अध्यापन गराउने शिक्षकको अभावलाई महसुस गर्दै सरकारले त्यस्ता शिक्षकहरुलाई लाइसेन्स बिना नै पढाउन दिने भएको छ । मन्त्रीपरिषदको बैठकले शिक्षक सेवा नियमावली संशोधन गरेपछि यो सम्भव भएको हो । सरकारको यो निर्णयसँगै अब विज्ञान, लेखा, गणित, कम्प्युटर, बालीविज्ञान लगायतका प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गरेकाहरुले शिक्षक अनुमति परीक्षामा सहभागी नभएरै पनि अध्यापन गर्न पाउनेछन् ।  विज्ञान, गणित लगायतका प्राविधिक विषयहरुमा शिक्षक अनुमति पत्र भएका शिक्षकहरुको अभावका कारण शिक्षाको गुणस्तर नै खस्किएको थियो । देशका अधिकांश स्थानमा प्राविधिक विषयहरुमा शिक्षकको अभाव भइरहेको खबरहरु सार्वजनिक भएपछि सरकारले शिक्षक सेवा नियमावली संशोधन गरेको हो । सरकारको यो निर्णयसँगै विषयगत शिक्षकहरुको आन्तरिक र खुल्ला प्रतिस्पर्धामार्फत शिक्षण सेवामा प्रवेश गर्न पाउनेछन् । यसले राम्रा र योग्य शिक्षकहरुको उपलब्धता बढ्ने र विद्यार्थीको सिकाई स्तर बढाउने सकिने शिक्षा विभागका निर्देशक लवदेव अवस्थीले बताए ।  ‘अब राम्रा शिक्षकले पढाउने अवसर पाउनेछन् । यसले तत्...

एसएलसीको तयारीमा बसेका विद्यार्थीले १० हजार पाउने भए

काठमाडौँ । प्राविधिक विषय लिएर एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुले पारिश्रमिक सहितको कार्यगत तालिमको अवसर पाउने भएका छन् । सरकारले उनीहरुलाई एसएलसी परीक्षा सकिए लगत्तै एक महिने कार्यगत तालिम (अन द जब टे«निङ) दिँदैछ । तालिम ३० दिनको हुनेछ । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बाबुराम गौतमले कार्यगत तालिम अवधिमा प्रतिविद्यार्थी १० हजार रुपियाँ दिने प्रस्ताव गरिएको जानकारी दिँदै भन्नुभयो, “कार्यगत तालिमका अवधिमा काम गर्दा विद्यार्थीले सित्तैमा परिश्रम खर्च गर्नुनपरोस् भनेर न्यूनतम भए पनि पारिश्रमिक दिने व्यवस्था गर्न लागेका हौँ । तालिमसम्बन्धी कार्यविधि तयार गरिरहेका छौँ ।” उहाँका अनुसार यस्तो पारिश्रमिक आगामी वर्षहरुमा पनि प्रदान गरिनेछ र शिक्षा विभागसँग सहकार्य गरी कार्यविधि तयार गरिँदैछ । यस वर्षबाट पहिलो पटक प्राविधिक विषयका विद्यार्थीहरु एसएलसी परीक्षामा सम्मिलित हुँदैछन् । देशभरिका ९९ सामुदायिक विद्यालयका करिव साढे चार हजार विद्यार्थीहरु परीक्षामा सम्मिलित हुँदैछन् । प्राविधिक एसएलसीमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान र कम्प्य...

समसामयिक सामान्य ज्ञान

. ब्राण्ड रिपोर्ट २०१३ का अनुसार विश्वमा सबैभन्दा बहुमूल्य ब्राण्ड कुन हो ? -एप्पल २. शितल निवासलाई कहिलेदेखि राष्ट्रपति भवन बनाइएको हो ? -असार 22,२०६५ ३. महान्यायाधिवक्ताको पदावधि कति वर्ष रहन्छ ? -प्रधानमन्त्रीको इच्छा अनुसारको अवधी ४. नेपालमा प्रत्यक वर्ष कति तापक्रम वढ्दै गएको छ? -0.06 सेल्सियस ५. सार्कको लोगोमा कतिवटा परेवा रहेका छन् ? -सात ६. महान्यायाधिवक्ताको कार्यालय नेपालको कुन संगठन तालिकाअन्तर्गत पर्दछ ? -केन्द्रिय संगठन ७. चालु तेह्रौँ योजना (२०७०/७१-२०७२/७३)मा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति पुर्याउने लक्ष्य राखिएको छ ? -US $ 902 ८. हाल नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति रहेको छ ? -US $ 721 ९. सरकारले 2070 कार्तिक 22 गते मनाएको पहिलो विश्व सहरी योजना दिवसको नारा के थियो ? -‘सहरी योजना र मापदण्ड,व्यवस्थित सहरको मेरुदण्ड’ १०. निजामती सेवाको पदमा नियुक्तिको निमित्त उम्मेदवार छनौट गर्न परीक्षा कसले सञ्चालन गर्दछ ? -लोकसेवा आयोग ११. हाल नेपालीको औसत आयु कति बर्ष रहेको छ ? -६९.१ बर्ष १२. तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले नेपाली जनताको अपेक्ष...

सुरक्षाको माग गदै शिक्षक जिशिकामा

हेमन्त के सी जाजरकोट, माघ १२– सरस्वती मावि नायकवडा सिलीगी चौरमा कार्यरत शिक्षक शिक्षक कृष्णदेव माझी आफु असुरक्षित भएको भन्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छन् । विद्यालयका सहक्रमी शिक्षकहरुवाटै आफु असुरक्षित भएको उनले शिक्षा कार्यालयमा दिइएको निवेदनमा उल्लेख गरेका छन् । आफु सरस्वती माविमा कार्यरत भएदेखी नै पटक पटक कुटपटिमा परेको वताउदै आएका छन । भर्खरै आफुलाई विद्यालयको स्टाप वैठकमा लेखापाल घमण्ड बहादुर सिंहले आक्रमण गरी घाईते वनाएको उनले वताएका छन । अहिले जिल्ला अस्पतालमा उपचार गरी रहेको उनले बताए । विद्यालयमा गयल भएको शिक्षकको कुरा उठाउँदा आफुलाई लेखापाल सिंहले आक्रमण गरेको उनको दावी छ । आफु सो विद्यालयमा बस्न नसक्ने भन्दै अन्यत्र सरुवा गरिदिन समेत माझीले आग्रह गरेका छन् । आफु सिनियर शिक्षक भएपनि प्रअ अर्कैलाई बनाएको समेत उनले दाबी गरेको छन् । Source : http://www.ratopati.com