Skip to main content

पहु“च नभएकैले बीएन पढ्नबाट वञ्चित


काठमाडौं, ८ वैशाख
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीका कारण बीएन (ब्याचलर अफ नर्सिङ) बन्ने एक छात्राको आकांक्षा तुहिएको छ । मुलुककै जेठो वीर अस्पतालमा विगत चार वर्षदेखि स्टाफ नर्समा कार्यरत ज्योति सुवेदी बीएन अध्ययनका लागि लिइएको परीक्षामा नाम निकाले पनि न्याम्सकै उपकुलपति डा.दामोदर पोखरेलका कारण पढ्नबाट वञ्चित भएकी हुन् । सुवेदीले अस्पतालले नै उपलब्ध गराउने कर्मचारीको कोटामा नाम निकालेकी थिइन् ।
उनी हाल अस्पतालको न्युरो आईसीयूमा कार्यरत छिन् । न्याम्सको २०६९ असोजमा बसेको बैठकले कर्मचारीका लागि दुईओटा कोटा छुट्ट्याएको थियो । अस्पतालमा कार्यरत कर्मचारीहरूले विभिन्न माग राख्दै आन्दोलन गरेपछि न्याम्सले विभिन्न सहुलियत प्रदान गर्ने निर्णय गर्दा सो कोटा छुट्ट्याएको थियो ।
सोहीअनुसार परीक्षामा नाम निकाले पनि न्याम्सका उपकुलपति पोखरेलले भर्ना नलिन निर्देशन दिएपछि अध्ययन गर्ने धोको पूरा हुन नपाएको ज्योतिले बताइन् । बीएन पढ्न पाऊँ भन्दै सुवेदी स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सर्वोच्च अदालत पुगेकी छन् । अख्तियारले सुवेदीलाई बीएन पढ्नबाट वञ्चित नगर्न र ३० मध्ये २९ सिटमा भर्ना लिइसकेको तथा एक सिट बाँकी रहेको भन्दै तत्काल उनलाई भर्ना लिई त्यसको जानकारी दिन न्याम्सलाई गत १९ पुसमा निर्देशन दिएको थियो । तर, हालसम्म पनि न्याम्सले अख्तियारको निर्देशनको पालना गरेको छैन । यसैगरी, स्वास्थ्य मन्त्रालयले समेत न्याम्सका पदाधिकारीलाई स्टाफ नर्स सुवेदीलाई बीएन पढ्नबाट वञ्चित नगर्न निर्देशन दिए पनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोले सुवेदीमाथि अन्याय भएको भन्दै मन्त्रालयका सचिव डा.प्रवीण मिश्रलाई २ फागुनमा अख्तियारको निर्देशनबमोजिम पढ्नबाट वञ्चित नगराउन सचिवस्तरीय निर्णय गराउन लगाएका थिए ।
‘कुनै सोर्सफोर्स नभएको, पैसा पनि दिन नसकिएकाले मेरो भर्ना नलिएको हो कि भन्ने मलाई लागेको छ,’ सुवेदीले राजधानीसँग गुनासो गरिन् । न्याम्सका रजिस्ट्रार डा.मुक्तिनाथ पण्डितले आपूmले यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए । रजिस्ट्रार पण्डितले सुवेदीलाई बीएन पढ्नबाट रोकिनु हुन्न भन्ने सुझाव दिए पनि न्याम्सका पदाधिकारीले बेवास्ता गरेको अस्पतालका एक चिकित्सकले राजधानीलाई बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वार्षिक रूपमा ३० जनालाई सरकारी कोटामा बीएन पढाउँदै आएको छ । न्याम्सले उपलब्ध गराउने कोटामा नाम निकालेका सबैले पढ्न पाएका छन् ।
नाम निकाल्ने सुवेदी मात्र पढ्नबाट वञ्चित भएकी छन् । ‘निकै मेहनतका साथ नाम निकालें, तर मलाई पढ्न दिइएन, ममाथि ठूलो अन्याय भयो,’ सुवेदीले राजधानीसँग भनिन्, ‘नाम निस्केको पाँच महिना बितिसक्यो, तर मलाई भर्ना हुन दिइएन, अन्य साथीहरू पढिरहेका छन्, न्यायालयदेखि सरकारी निकायका ढोका घचघच्याउँदै आएकी छु ।’ सुवेदीले आपूmले पढ्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । सो रिटमा आइतबार पेसी तोकिए पनि अस्पतालले नियुक्त गरेका कानुनी सल्लाहकार पूर्ण गु
रागाईं स्वास्थ्यको कारण भन्दै बहस गर्न नआएपछि सो मुद्दाको पेसी पछि सरेको छ । सामान्यतया बीएन पढ्नका लागि ५ देखि ६ लाख ५० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको छ । ‘आर्थिक अवस्था कमजोर भए पनि मेहनत गरेकै आधारमा नाम निकालें, तर पढ्न पाइएन,’ उनले गुनासो गरिन् । अवसर दिइएको खण्डमा अझै पनि आपूmले पढ्न सक्ने उनको दृढता छ । न्याम्सका उपकुलपतिदेखि अन्य पदाधिकारीहरूको स्वार्थपूर्ति नगरेकै कारण आपूmले पढ्न नपाएको उनले अख्तियार, मन्त्रालय, सतर्कता केन्द्रलगायतमा हालेको उजुरीमा उल्लेख छ । विभिन्न सरकारी निकायमा उजुरी हालेपछि न्याम्सका पदाधिकारीले आङ्खनो स्टाफ नर्सकै जागिर खाइदिने धम्की दिएको उनले दुःखेसो पोखिन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...