Skip to main content

शैक्षिक मेला

काठमाडौं, ४ वैशाख
बोष्टन एजुकेशन सेन्टर बिर्तामोडले विद्यार्थीहरूको करियर काउन्सिलिङका लागि विषेश शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । आगामी बैशाख ९ र १० गते झापाको बिर्तामोडस्थित अतिथिसदनमा आयोजना हुने शैक्षिक मेलामा नेपाल–भारतका १८ बढी कलेजको सहभागिता रहने बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा जनाइएको छ। एसएलसी पास भएका विद्यार्थी र अभिभावकलाई लक्षित गरी आयोजना गरिने सो शैक्षिक मेलामा प्राविधिक शिक्षा दिंदै आएका कलेजका सञ्चालक तथा प्राध्यापकहरूले विद्यार्थीको चाहना बमोजिमको शिक्षा लिने शैक्षिक प्रतिष्ठान र तिनको सेवासुविधाबारे जानकारी गराउने बोष्टन एजुकेशन सेन्टरका प्रोप्राइटर सुमन शर्माले जानकारी दिनुभयो । शैक्षिक मेलामा भारत बेङलोरको आरआर इन्स्टीच्युट र फारन कलेज, झारखण्डको निलोई, दिल्लीको एपिजे युनिर्भसिटी, गोहाको केएलइ कलेज र सिक्किमको इल्म युनिर्भसिटीसहित १२ र काठमाडांैका एभरेष्ट, ओरिएन्ट, भीएस निकेतन लगायतका ६ वटा कलेजको सहभागिता रहने बताइएको छ।   सेन्टरले हालसम्म गुणस्तरीय शिक्षा आर्जनका लागि नेपालका विभिन्न ठाउँबाट तीनसय बढीलाई नेपाल बाहिरका विश्वविद्यालयहरूमा अध्ययनका लागि पठाइसकेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...