Skip to main content

विदेश गएका पूर्व विद्यार्थीहरुको १२ लाख सहयोगमा खेलमैदान निर्माण

images (2)सन्तोष गौतम, म्याग्दी २०७० असार १२ । म्याग्दीको राम्चे गाविसको नांगीमा रहेको हिमाञ्चल उच्च माविमा पूर्व विद्यार्थीहरुले लाखौ खर्च गरेर खेलमैदान निर्माण गरेका छन् ।
रोजगारीको शिलशिलामा बिदेश गएका पूव विद्यार्थीहरुले विद्यालय परिसरमा भलिबल र बास्केटबल खेलमैदान निर्माण गरेका हुन् । युके र हङकङमा कार्यरत पूव विद्यार्थीहरुको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान गरि १५ लाख रुपैयाको लगानीमा कच्ची खेलमैदानलाई ढलान गरेर पक्की बनाइएको विद्यालयका प्राचार्य रमन पुनले धौलाश्रीलाई बताए ।
प्राचार्य पुनका अनुसार बिदेशबाट पूव विद्यार्थी सहित ११ जनाले प्रतिव्यक्ति एक लाख ११ हजार रुपैयाका दरले खेलमैदान निर्माण गर्न आर्थिक सहयोग गरेका छन् । स्थानीयबासीले तीन लाख रुपैया बराबरको श्रमदान गरेका छन् । कच्चि खेलमैदानमा हिलो र धुलो हुँदा खेल गतिबिधी सञ्चालन गर्न समस्या भएपछि स्तरवृद्धी गरिएको हो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...