Skip to main content

एसएलसीमा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउने विद्यालय संख्या सात

सन्तोष गौतम, म्याग्दी २०७० साउन १५ । २०६९ सालको प्रवेशिका परिक्षामा म्याग्दीमा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउने एक सामुदायीक विद्यालयको संख्या थपिएको छ ।
परिक्षा नियन्त्रण कार्यालयले एसएलसी परिक्षाको सोमबार सार्वजनिक गरेको पुनयोगको नजिता अनुसार शिद्धशान्ति मावि हिदीबाट उतिर्ण सबै विद्यार्थी उतिर्ण भएपछि म्याग्दीमा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउने विद्यालयको संख्या सात पुगेको हो ।
जेठमा प्रकाशित नतिजामा प्रथम श्रेणीमा ३ र दितृय श्रेणीमा १० जना उतिर्ण भएका र पुनयोग गर्दा पहिले अनुतिर्ण भएका एक जना विद्यार्थी उतिर्णय भएपछि विद्यालयको नतिजा सतप्रतिशत भएको प्रअ हुमनाथ पाण्डेले जानकारी दिए ।
सो विद्यालयबाट अघिल्लो वर्षको प्रवेशिका परिक्षामा सहभागि भएका पनि सतप्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । गत वर्ष सिद्धशान्तिसंगै, जामुनाखर्क उच्च मावि अर्थुङ्गे, बेनी सामुदायीक उच्च मावि बेनी, रितुङ मावि कुईनेमंगले, दिपक मावि पात्लेखेत, राष्ट्रिय मावि घतान र आदर्श मावि रिमा हिस्तानले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...