Skip to main content

दुर्गम गाउँमै अंग्रेजी शिक्षा पाएपछि गाउँले दंग


सोलुखुम्बु, साउन १५ गते । आफ्नो बच्चासँगै जन्मेका छिमेकीका बच्चाहरु सदरमुकाममा लगेर बोर्डिङ्ग स्कुलमा पढाउदा सल्यान–८, सोलुखुम्बुका टिाराम बस्नेतलाई आफ्नो पनि धन भए सदरमुकाममा लगेर बच्चालाई अंग्रेजी शिक्षा दिलाउने रहर लाग्थ्यो ।
धनी व्यक्तिका छोराछोरीले मात्र आर्जन गर्न सकिँदो रहेछ भन्ने लागेको अंग्रेजी शिक्षा हिजोआज आफ्नै छोराछोरीलाई दिलाउन पाउँदा सुस्मिता लगायत सयौं गाउँले अभिभावकहरु दंग छन् ।
सदरमुकामबाट करिब आठ कोषको दुरीमा रहेको दुर्गम गाविस सल्यानमा गाउँकै बुद्धिजीवि, शिक्षाप्रमी तथा समाजसेवीहरुको सक्रियतामा सल्यानस्टार इङ्गलिस स्कुल स्थापना भएपछि टिकाराम जस्ता निम्न तथा मध्यम बर्गीय परिवारका बालबालिकाहरुका लागि समेत इङ्गलिस पढ्ने ढोका खुलेको हो । ‘अरुले बोर्डिङ्गमा पढाउँदा हाम्रो नानीलाई पनि पढाउन सके हुन्थ्यो भन्ने इरादा पालेर सरकारी स्कुलमा पढाउन बाध्य थियौं, अहिले गाउँमै सामुदायिक अंग्रेजी स्कुल खुलेपछि हाम्रो इच्छा पूरा हुँदैछ’ सल्यानका अर्का अभिभावक चेतबहादुर बस्नेतले हर्षित मुद्रामा भन्नुभयो । 
    गाउँमै खुलेको स्कुलमा बच्चाको रेखदेख पनि हुने तथा पशु चौपाया र अन्न बेचेर आएका थोरै पैसाले पनि पढाउन सकिने हुनाले यसमा निम्न बर्गीय परिवारको समेत पहुँच भएको अभिभावकहरु बताउँछन् । आफूहरुले दार्जिलिङ्ग विभिन्न विषयका दक्ष शिक्षकहरु अन्य जिल्लाबाट झिकाई व्यवहारिक र बैज्ञानिक ढंगबाट सिकाइ गर्ने गरेको उल्लेख गर्दै स्कुलका प्रिन्सिपल रामनारयाण झाले सदरमुकाममा खुलेका नीजिक्षेत्रका विद्यालयहरुसँग प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो । ‘सा–साना कक्षाका बालबालिकालाई खेल विधिबाट सिकाउने गरेका छौं, सदरमुकामका विद्यालयहरु भन्दा कुनैमा पनि कमी छैन’ उहाँको दाबी छ ।
    गाउँमै अंग्रजी स्कुलको स्थापनापछि दुर्गम गाउँमै अंग्रेजीको माध्यमको शिक्षा सम्भव भएको हो । स्थापनाको पहिलो बर्षमै तीन कक्षासम्मको पढाई सञ्चालन गरिरहेको स्कुलमा हाल कक्षा ५ सम्मको कक्षा चलेको उक्त विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ६ समेत संचालन हुने भैको छ । विद्यालयलाई क्रमशः माध्यमिक तहसम्मको पढाई सञ्चालन गर्ने सोच रहेको स्कुल सञ्चालक समितिका अध्यक्ष प्रभुराम कार्कीले बताउनुभयो । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...