Skip to main content

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ३ लाखको अक्षय कोष स्थापना

मल्ल दम्पतीलाई वाजागजा सहित विद्यालयद्वारा दोसल्ला ओढाएर सम्मान !

photo 23
कृष्ण कँडेल, गल्कोट २०७० साउन १५ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने उद्देश्यले मल्म–५ वाँसखोला स्थायी घर भई अहिले वेलायत वस्दै आएका एक दम्पतीले विद्यालयमा ३ लाखको अक्षय कोष स्थापना गरेका छन । यसै विद्यालयका पूर्व विद्यार्थी प्रेमवहादुर मल्लले अघिदेखी नै विद्यालयलाई सहयोग गर्दै आएका छन् ।

पूर्व वेलायती सेना समेत रहेका मल्लले आफु र श्रीमती सुषमाको नाममा भैरव माध्यमिक विद्यालय मल्ममा “प्रेम सुषमा अक्षय कोष” स्थापना गरेका हुन । न्युन आर्थिक अवस्था भएका सर्वसाधारणका वालवालिकाले अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने सहयोग पु¥यउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।
1002544_568057183256875_196290488_n

कार्यक्रममा बोल्दै मल्लले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कएकोमा चिन्ता व्यक्त गरे । ‘म सामुदायिक विद्यालयको खस्किदो नतिजा प्रति चिन्तित छु, उनले भने, ‘मैले स्थापना गरेको कोषको व्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न सहयोग पुगोस भन्ने चाहान्छु ।’

स्थापना गरिएको अक्षयकोसको व्याजबाट विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरि गुणस्तर सुधारमा प्रयोग गर्ने विद्यालयका प्रधानाध्यापक चक्रवर्ती शर्माले जानकारी दिए ।
मल्लले विद्यालयलाई निमावि र मावि सञ्चालन गर्ने समय देखि नै सहयोग गर्दै आएको प्रअ शर्माले वताए । मल्लले विद्यालयलाई अझै निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका विद्यालयले जनाएको छ ।
विद्यालयमा सोमबार एक कार्यक्रमको आयोजनागरि मल्ल दम्पतीलाई वाजागजा सहित विद्यालयले दोसल्ला ओढाएर सम्मान दिएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...