Skip to main content

नेदरल्याण्डस्थित नेपाली विद्यार्थीको संस्थाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

कृष्ण कँडेल, गल्कोट २०७० साउन ११ । दुदिलाभाटी–९ भैसेको भगवती प्राथमिक विद्यालयलाई नेपाली विद्यार्थीहरुको संस्था नेपलिज आईज फाउन्डेशन फर एजुकेशन, (nepalese eyes foundation for education) नेदरल्याण्डले शैक्षिक तथा खेलकुदका समाग्री हस्तान्तरण गरेको छ ।nepal eyes foundation
नेपाली विद्यार्थीहरुको संस्था नेपलिज आईज फाउनडेशन फर एजुकेशन नेदरल्याण्डको रु ५ लाख आर्थिक सहयोगमा निर्माण गरिएको एक कोठे भवनको अनुगमनका लागि आएका संस्थाका उपप्रमुख राज गिरी र सल्लाहकार सस्किया काईजाले एक कार्यक्रमका विच समाग्री हस्तान्तरण गरेका हुन ।
सो अवसरमा १ लाख ५० हजार वरावरका पुस्तक, कक्षा १ देखि ५ सम्मका विभिन्न विषयका शिक्षण सामगी् र, खेलकुद्र लगायतका शैक्षिक सामागी्र वितरण गरिएको स्थानिय गुमानसिंह वुढाथोकीले जानकारी दिए ।
सो अवसरमा अतिथि, शिक्षक, अभिभावक तथा विद्यार्थी विच वालमनोविज्ञान र सिकाई विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपलिज आईज फाउन्डेशन फर एजुकेशन नेदरल्याण्डका उपप्रमुख राज गिरीले आगामि दिनमा पनि भौतिक तथा नैतिक सहयोग जारी राख्ने भन्दै आफुहरुले गरेको सहयोगको सहि सदुपयोग गर्न आग्रह गरेका छन ।
सल्लाहकार सस्किया काईजाले बालवालिकाको मनोविज्ञान वुझेर शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्ने वताईन । उनले वालवालिकाको मनोविज्ञानको ख्याल नगरिकान गरिने सिकाई उपलब्धि विहिन हुने भन्दै शिक्षणको क्रममा वालमनोविज्ञान प्रति शिक्षकले हरक्षेण ध्यान दिनुपर्ने वताएकी थिईन ।
कार्यक्रममा समाजसेवि गुमानसिंह बुढाथोकी र पुर्ण बहादुर खत्रीले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्माको अध्यक्षता, प्रधानाध्यापक पूर्ण बहादुर खड्काको स्वागत मन्तव्य र शिक्षक धन प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...