Skip to main content

निजी कलेजको रकम असुलीप्रति अख्तियारको छानबिन

काठमाडौं, १३ भदौ उच्च माध्यमिक शिक्षा परिषद्बाट छात्रवृत्ति कोटामा निजी कलेजमा अध्ययनरत विद्यार्थीसँग रकम लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया थालेको छ । अख्तियारले निजी कलेजमा छात्रवृत्ति कोटामा पढ्न गएका विद्यार्थीसँग कलेजले रकम लिए नलिएको विषयमा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न परिषद्लाई निर्देशनसमेत दिएको छ । अख्तियारले परिषद्मा पठाएको पत्रमा छात्रवृत्ति कोटाको विषयमा स्थलगत रूपमा अध्ययन गर्नुपर्ने उल्लेख छ । उच्च माध्यमिक शिक्षा परिषद्को छात्रवृत्ति कोटामा पढ्ने विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने परिषद्को नियममा उल्लेख छ ।
तर, निजी कलेजले भने छात्रवृत्ति कोटामा पढ्न गएका विद्यार्थीसँग चर्को शुल्क लिँदै आएको उजुरी अख्तियारमा परेको छ । परिषद्ले गठन गरेको अनुगमन समितिले चालू शैक्षिक सत्रका लागि विज्ञान संकायमा पढ्नेले १२ हजार रुपैयाँ, व्यवस्थापन संकायकाले ६ हजार ५ सय र मानविकी संकायमा पढ्नेले ३ हजार ५ सय अधिकतम शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजहरूले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उसले परिषद्लाई पत्राचार गरेको हो । सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीले मात्र दश जोड दुईको ११ र १२ कक्षाका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । छात्रवृत्तिमा पढ्ने अवसर प्राप्त भए पनि आफूहरूले चर्को शुल्क तिर्नु परेको भन्दै आयोगमा विद्यार्थी र अभिभावकले उजुरी दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिषद्लाई अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए पनि परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्र र सदस्य सचिव भीमलाल गुरुङले अनुगमन कार्य अगाडि नबढाउन निर्देशन दिएको परिषद् स्रोतले बतायो । आयोगले अकुत सम्पत्ति कमाएको भन्दै उपाध्यक्ष मिश्र र सदस्य सचिव गुरुङलाई छानबिन प्रक्रिया अगाडि बढाइसकेको छ । उपत्यकालगायत मुलुकका ठूला निजी कलेजले विद्यार्थीसँग चर्काे शुल्क लिँदै आएका छन् । तर, साना तथा मध्यम स्तरका कलेजले भने परिषद्को अनुगमन समितिले निर्धारण गरेको सीमामा रहेर शुल्क लिँदै आएका छन् । यसअघि अनेरास्ववियु क्रान्तिकारीले छात्रवृत्तिमा पढेका विद्यार्थीसँग शुल्क लिन नपाउने भन्दै आन्दोलन गरेपछि परिषद्ले शुल्क निर्धारण गरेको हो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...