Skip to main content

नकावधारीले प्रधानाध्यापकसँग १६ लाख लुटे


धादिङ, असोज १४ - सदरमुकाम धादिङबेसीवाट शिक्षकहरुको तलव भत्ता र बिद्यालयको खर्च लिएर त्रिपुरेश्वर गाविसको खहरेतर्फ जांदै गरेका अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटा नकावधारी समुहवाट लुटिनुभएको छ । धादिङबेसी सल्यानटार सडक खण्डमा पर्ने ज्यामरुङ गाविसको भकारेवाट शिक्षक सापकोटालाई नकाव लगाएका पाँचजना युवाले नियन्त्रण परेर लुटपाट गरेको एकीकृत नेकपा माओवादीका जिल्ला नेता रामवहादुर भण्डारीले वताउनुभयो ।
दशैंका लागि शिक्षकहरुको तलव र पेश्की गरी करिब १६ लाख रुपैयाँ नगद लिएर बिद्यालयतर्फ जांदै गरेका शिक्षक सापकोटालाई आइतबार बेलुकी नकावधारी समूहले लुटेको हो । सापकोटा चढेको  मोटरसाइकल नियन्त्रणमा लिई उहाँसँग रहेको झोला खोसेर उहाँलाई ढुङ्गाले हिर्काएर घाइते बनाएका थिए । घाइते अवस्थामा रहेका सापकोटालाई स्थानीयबासिन्दाले भेटेर सल्यानटारस्थित स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लगेका थिए । सापकोटा त्रिपुरेश्वर उच्च मावि खहरेका प्रधानाध्यापक र नेत्रावती सामुदायिक क्याम्पसका प्रमुख समेत हुन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...