Skip to main content

दुई दिने शिक्षक तालिम सम्पन्न

पुस १४, पोखरा 
कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)–कास्कीको आयोजनामा दुई दिने शिक्षक तालिम शनिबार सम्पन्न गरेको छ । पुस १२ र १३ गते दिइएको सो तालिम ग्राफिक्स डिजाइनिङसँग सम्बन्धित रहेको थियो । जसमा एडोव इनडिजाइन र कोरल ड्र प्रोग्रामका पछिल्लो संस्करणहरुको तालिम दिइएका थियो । 
उक्त तालिममा कास्कीका कम्प्युटर शिक्षा प्रदायक संस्थाहरुका ३० जना शिक्षकहरुको सहभागिता थियो । तालिमको प्रशिक्षण अच्युत खनिया र सुमन श्रेष्ठले दिनुभएको थियो । तालिम पश्चात सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागीहरुको तर्फबाट ज्ञानेन्द्र अधिकारी र सुमित्रा भण्डारीले डिजाइनिङ सम्बन्धी तालिम उपलब्धीमूलक भएको बताएका थिए ।
तालिमको उद्घाटन तथा समापन समारोह क्यान कास्कीका अध्यक्ष चण्डीप्रसाद अर्यालको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा स्वागत तथा धन्यवाद कार्यक्रमका संयोजक युवराज पौडेल गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वास भण्डारीले गर्नुभएको थियो ।
Achyut Khaniya Nishchal's photo.

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...