Skip to main content

रामेछापका शिक्षकहरु साँगठानीक अभियानमा

दुर्गा भुजेल
रामेछाप, १४ पौष । 
 नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघले आफ्नो साँगठानीक अभियानलाई तीव्र वनाएको छ । संविधान सभाको निर्वाचन अघि क्षेत्र नं १ को वाम्ती र क्षेत्र नं २ को दोरम्वामा क्षेत्रिय भेला गरी अभियानको शुरुवात गरेको थियो । 
उक्त संघले संविधान सभा पछिका दिनमा जिल्लाका एघार वटै इलाकाहरुमा इलाका भेलाको आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष नवराज घिमिरेका अनुसार सवै इलाकास्तरमा हुने भेलामा संविधान सभा निर्वाचनमा संघका सदस्यहरुले निभाएको भुमीका र उनीहरुको कामको समीक्षा गरीएको छ । 
त्यसैगरी भेलामा शैक्षिक समस्या र समाधानका लागि जिल्ला स्तरवाट संस्थागतरुपमा गर्न सकिने पहलको वारेमा छलफल गर्नुको साथै त्यसको निकासका लागि आवश्यक परे जिल्ला शिक्षा कार्यालय र अन्य सहयात्री संघ संस्थाहरुसँग सहकार्य गरी अघि वढ्ने वारेमा पनि छलफल भएको छ । त्यसको लागि आवश्यक वातावरण तयार गरी संगठनको गतिविधीलाई भेलाले गरेको निर्णय र कार्ययोजना अनुसार निरन्तर रुपमा संचालन गर्ने वारेमा समेत छलफल भएको पनि अध्यक्ष घिमिरेले वताए । 
  उनका अनुसार शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक संघले गम्भिरताका साथ काम गरीरहेको र त्यसलाई रामेछापका सबै शिक्षण संघ संस्थाहरुमा समेत नितिगत रुपमा लागु हुने गरी न्यायोचित र सकारात्मक भुमीकामा शिक्षक संघको उपस्थिती हुनुपर्ने वारेमा समेत भेलामा छलफल भएको थियो । 
रामेछापका दुइवटा निर्वाचन क्षेत्रहरुवाट गरी करीव १ हजार सदस्य आवद्ध रहेका उक्त संघले आफ्ना सदस्यहरुको हिसावमा केही हप्ता अघिमात्र करीव १६ लाखको लागतमा तीन तले पक्का भवन निमार्ण गरेको छ । भवन निमार्ण पछि संघले कार्यालय संचालन गर्नुको साथै आगामी दिनमा सदरमुकाम वाहीरवाट आएका आफ्ना सदस्यहरुलाई कार्यालयभित्रै सहुलीयत दरमा खाने वस्ने समेत व्यवस्था मिलाउने तयारी समेत गरेको छ । 
source:merojilla.com
 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...