Skip to main content

स्वास्थ्य र शारीरिकका शिक्षकको अर्न्तवार्ता गर्न बाटो खुला

काठमाडौं, माघ १२ - शिक्षा सेवा आयोगले लिएको काठमाडौं जिल्लाको माध्यामिक तहको स्वास्थ्य र शारीरिक शिक्षा विषयका शिक्षकको अन्र्तवार्ता गर्ने बाटो खुलेको छ ।
शिक्षक सेवा आयोगले प्रकाशित गरेको नतिजामा चित्त नबुझेर हालिएको रिटमा सर्वोच्च अदालतले अन्र्तवार्ता रोक्नु नपर्ने फैसला गरेपछि यी दुई बिषयको लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरुको अन्तर्वाता लिन बाटो खुलेको हो ।
प्रकाशित भएको नतिजा गल्ति भएको भन्दै आयोगले दोश्रो पल्ट नतिजा प्रकाशित गर्दा १९ जना परिक्षार्थीको नाम फेरबदल भएपछि मुद्दा परेको थियो । यहि नतिजाका विरुद्ध राघवकुमार झालगायतले अन्र्तवार्ताको प्रकृया रोकि अन्तरिम आदेश माग गर्दै मुद्दा हाल्नु भएको थियो ।
न्यायाधीश कल्याण श्रेष्ठ र तर्कराज भट्टको ईजलासले गरेको फैसलामा “संशोधित परिक्षाफलको कार्यान्वयनमा हस्तक्षेप गर्नु पर्ने कारण तत्काल देखिन नआएकोले माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन” भनिएको छ । यो सँगै उचित समयमा प्रकृया पुर्याएर अन्र्तवार्ताको काम शुरु गर्ने आयोगले जनाएको छ ।
आइतबार भएको फैसला सोमबार प्राप्त भएको आयोगका उपसचिव नारायण भट्टराईले बताउनुभयो । शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनियमितता भएको आशंकामा अख्तियारले पनि छानवीन गरिरहेको छ ।
काठमाडौं जिल्लामा माध्यामिक तहको स्वास्थ्य र शारीरिक विषयको शिक्षक छनौटको अन्र्तवार्ता लिने बाटो खुले पनि अन्य जिल्ला र विषयको परीक्षाको प्रकृया भने अख्तियारको छानविन पुरा नभएसम्मका लागि अन्यौलमै छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...