१४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्ला लकडी गाउँ विकास समितिस्थित नथनुी गोइत निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्रनाथ दत्तउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयको भवन, शौचालय निर्माण र दलित छात्राका लागि आएको छात्रवृत्तिवापत समेतको सात लाख २३ हजार रुपियाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरी भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभयो ।