Skip to main content

यौन दुर्व्यवहार गरेको आरोपमा पेन्टागन कलेजका शिक्षक हिरासतमा

काठमाडौं, जेठ १७  – विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पेन्टागन कलेजका एक शिक्षकलाई प्रहरीले हिरासतमा लिएको छ । पेन्टागन परीक्षा केन्द्रमा परीक्षा दिन आएकी सीसीआरसीकी एक छात्रालाई यौन दुर्व्यवहारगरेको भन्दै प्रहरीले शिक्षक पवन साहलाई नियन्त्रणमा लिएको हो । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धानका लागि सार्वजनिक मुद्धा चलाइएको छ । 
विद्यार्थी र उनका अभिभावकले कारबाहीको लागि दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानका लागि बुधबार नियन्त्रणमा लिएको थियो । परिसरका प्रहरी नायब उपरीक्षक अर्जुनबहादुर चन्दका अनुसार उनलाई सात दिनको लागि म्याद थप गरिएको छ । ती विद्यार्थीले आफूलाई यौन दुव्यहार गरेको भन्दै प्रहरी र उच्च माध्यमिक शिक्षा परिषदमा उजुरी दिएकी थिइन । परिषदले बुधबार उपाध्यक्ष स्तरीयले निर्णय गरी दुर्व्यहार गर्ने शिक्षकलाई हदैसम्म कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको छ । 
शिक्षकलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपनि कलेजले घटना ढाकछोप गर्न खोजेको भन्दै परिषदले पनि छानविन गर्न लागेको हो । पेन्टागन कलेजका प्रमुख एसपी सिंहले परीक्ष हलमा यौन दुर्व्यहार हुनै नसक्ने दाबी गरे । घटना सुन्ने बित्तिकै कलेजले छानविन समिति बनाएपनि पुष्टि नभएको उनले बताए,  कान्तिपुर दैनिकमा समाचार छ । -

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...