Skip to main content

म्याग्दीको शैक्षिकस्तर खस्कन नदिने नवागत जिशिअ तिम्सेनाको प्रतिवद्धता

सन्तोष गौतम, म्याग्दी २०७१ असार १२ । स्रोतव्यक्ति समाज नेपाल जिल्ला समिति म्याग्दीले बिहीबार एक कार्यक्रमको आयोजना गरि म्याग्दीका नवागत जिल्ला शिक्षा अधिकारी बलराम तिम्सेनाको स्वागत तथा सरुवा भएका जिशिअ बिष्णुनारायण श्रेष्ठको बिदाई गरेको छ ।
स्रोतव्यक्ति समाज म्याग्दीका अध्यक्ष डेगबहादुर बानियाको अध्यक्षता र मोहन बानियाको सञ्चालन तथा केन्द्रिय सदस्य दुर्गाराम सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा बोल्दै बिहिबार देखि म्याग्दीका जिशिअको कार्यभार सम्हालेका तिम्सेनाले म्याग्दीको शैक्षिक स्तर खस्कन नदिने र उकास्न जोड दिने प्रतिवद्धता जनाएका थिए ।
म्याग्दीबाट जाजरकोट सरुवा भएका जिशिअ श्रेष्ठले आफ्नो म्याग्दीको करिब तिन वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै राम्रा कुराको आत्मसात तथा कमजोरी बिर्सीदिन आग्रह गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...