Skip to main content

आमाको कारण प्रहरी विद्यालयबाट छोरी निष्कासित

काठमाडौ, श्रावण १२ - भक्तपुरको साँगास्थित नेपाल प्रहरी उच्च माध्यमिक आवासीय विद्यालयले कर्मचारी आमाको कारण छोरी निष्काशन गरेको छ । कक्षा १२ मा अध्ययनरत स्वेच्छा लुइँटेललाई विद्यालयले निष्काशन गरेको हो । उनी कक्षा ११ को परीक्षा दिएर नियमित पढ्दै आएकी थिइन् । छात्रा स्वेच्छाले प्रिन्सिपल नवरत्न बानियाँ र समादेशक राजुबाबु श्रेष्ठले 'आमाकै कारण पढ्न नआउन' भनेपछि न्याय खोज्दै हिंड्नु परेको बताइन ।  
' आमाकै कारण मलाई कारबाही गरिन्छ भन्ने लागेकै थिएन,' उनले भनिन्, 'मैले कक्षामा कहिल्यै बदमासी र कोहीप्रति नराम्रो व्यवहार गरेकी छैन । एकाएक पढाइ छाड्नुपर्ने बाध्यताले विचलित भएकी छु ।'
स्वेच्छाकी आमा धेनुका उक्त विद्यालयमा दस वर्षदेखि पुस्तकालय सहायकमा कार्यरत छिन  । स्थायी कर्मचारी रहेकी उनलाई गत फागुनमा भने पियनसरह काममा खटाएपछि उनी र विद्यालय प्रशासनबीच खटपट भएको थियो । बढूवाको सट्टा घटूवा गरिएप्रति न्याय पाउन उनले अदालतमा मुद्दा दायर गरेकी थिइन् । पुनरावेदन अदालत पाटनले 'नियुक्तिपत्र बमोजिम साबिककै काम खटाउन' आदेश दिएपनि कार्यान्वयन हुन सकेको छैन ।
प्रिन्सिपल बानियाँले छात्रालाई निष्काशन गरेको नभई अभिभावकले आफ्नो मुद्दा बलियो बनाउन सुनियोजित हल्ला फिजाएको बताए । 'हामीले छात्रालाई निष्काशन गरेका छैनौं,' प्रहरी स्कुल चेन अफ कमाण्डमा चल्ने उल्लेख गर्दै उनले ईकान्तिपुरसित भने, 'छात्राकै आमाबाबुले विद्यालयविरुद्ध एकपछि अर्को मुद्दा हालेका छन् । मुद्दा बलियो बनाउन छोरीलाई हतियार बनाएका मात्र हुन् । हामी पढ्न नआउन दवाब दिएका छैनौं ।'

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...