Skip to main content

मध्यरातमा विद्यालयका ८ थान कम्प्युटर तोडफोड

खोटाङ– अज्ञात समूहले खोटाङका एक विद्यालयका ८ थान कम्प्युटर तोडफोड गरेको छ। दिक्तेल नगरपालिका–१५ स्थित सितला माबि खाल्लेको ८ थान कम्प्युटर तोडफोड गरेका हुन्।
मध्यराति बिद्यालयको ढोका फोडेर १० वटामध्ये ८ वटा कम्प्यूटर तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडबाट सबै कम्प्युटर काम नलाग्ने बनेको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताए। 
यादवका अनुसार कम्प्युटर तोडफोडबाट विद्यालयको ६ लाख ५० हजार बराबरको क्षति भएको छ। कम्प्यूटर तोडफोडपछि विद्यालयको कम्प्युटर कक्षा बन्द भएको विद्यालयले जनाएको छ। कम्प्युटर तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Sourcxe: http://www.nagariknews.com/society/crime/story/21831

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...