Skip to main content

पूरक परीक्षाको तयारी, पुनः योगको नतिजा चाँडै


काठमाडौैँ,  साउन १४ गते । एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन पाउने पूरक परीक्षाको तयारी पूरा भएको छ । 
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले यही साउन २० गतेदेखि हुने पूरक परीक्षाको तयारी पूरा भएको र त्यसका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तरपुस्तिका छपाइ गरी सबै जिल्ला सदरमुकाममा पु¥याइसकेको जानकारी दिनुभयो ।
परीक्षाका लागि २३४ केन्द्र र केन्द्राध्यक्ष निर्धारण गरिएको छ । आवेदन दिने परीक्षार्थीको सङ्ख्या एक लाख २० हजार ६०० जना छन् । पूरक परीक्षामा उत्तीर्ण हुनेले यसै वर्ष कक्षा ११ मा पढ्न पाउँछन् तर अधिकांश निजी उमाविले भर्ना पूरा भइसकेको जनाएका छन् । 
विसं २०७० को एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नियन्त्रक द्वारेले पुनः योगका लागि आवेदन दिनेको पुनः योग भइरहेको र त्यसको नतिजा यही साउन १६ गतेभित्र प्रकाशन गरी दुई विषय बाँकी रहेकालाई पाँच दिनको अवधिमा पनि पूरक परीक्षामा सामेल हुने वातावरण मिलाउने बताउनुभयो । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...