Skip to main content

यस्तो छ दसैंमा विद्यार्थीको योजना

विनीता मरहट्टा
यतिखेर दसैंको वातावरणले सबैलाई छोइसकेको छ।लामो बिदा हुने भएकाले विद्यार्थीका लागि पनि दसैं रमाइलो चाड मानिन्‍छ। अध्‍ययन अनि गृहकार्यको तनावबाट मुक्ति पाइने हुनाले यो मौकामा विद्यार्थी आआफ्‍ना रुचि र योजनाअनुसार रमाइलो गरी बिताउने गर्छन्। दसैं बिदालाई विद्यार्थीले कसरी सदुपयोग गर्छन् त ? 
साथीसँग घुम्छु 
केबल केसी 
होटल म्यानेजमेन्ट, नाथम कलेज
 
दसैंमा प्राय: आफन्तसँग भेटघाट हुन्छ, म पनि आफ्नो परिवारसँगै भेटघाटमा सामेल हुन्छु। काठमाडौंको बासिन्दा भएकाले बाहिर जाने उत्सुकता हुँदैन। केही किनमेल गर्छु, यतैतिर साथीहरूसँग घुम्छु। बिदाको समयमा खेल्न धेरै पाइन्छ। शनिबार साथीहरूसँग क्रिकेट, टेबल टेनिस खेल्छु। चंगा उडाउँछु। चाडपर्वको छुट्टीमा त्यति पढ्न मन लाग्दैन। लामो छुट्टी हुने भएकाले एकदमै रमाइलो लाग्छ। खेल्ने, खाने, घुम्ने र भेटघाट गरेर छुट्टी बिताउँछु। 
 
अलिअलि पढ्छु 
प्राप्ति खड्का
बिबिए दोस्रो सेमिस्टर, लिटिल एन्जल्स) 
 
दशैंको सबैभन्दा मन पर्ने कुरा नै किनमेल हो। यसपाली धेरै किनमेल गर्ने योजना छ। ममि, ड्याडी, बहिनी सबै मिलेर किनमेल गर्न जान्छौं। पारिवारीक जमघटमा सामेल हुन्छु। मामाघर जान्छु त्यहाँ दादा दिज्यूहरुसँग भेटघाट हुन्छ। उमेर मिल्ने दादा दिज्यूसँग कुराकानी पनि असाध्यै मिल्छ। नयाँ नयाँ परिकार खान्छु, टिभि हेर्छु। विदा भएपनि अलि अलि पढ्छु। साथीहरुसँग घुम्छु। चाडबाड भन्ने वित्तिकै सबैतिर रमाइलो मात्र हुन्छ। त्यसैले म पनि खुशी भएर रमाइलो गर्दै आफूभन्दा ठूलाको हातबाट टिका आशिर्वाद थापेर दशैं मनाउँछु। 
 
 
परिवारसँग रमाइलो गर्छु 
साकार कार्की
बीबीए, नेपाल काष्ठमण्डप कलेज
 
यसपटक जुठो परेकाले टीका लगाउन हुँदैन। यसअघिको दसैंमा गुल्मीस्थित पुख्र्यौली घर जान्थ्यौं। यसपटक काठमाडौंमै बस्छौं। दसैंको समयमा काठमाडौं शान्त र खाली हुन्छ। काठमाडौं घुम्ने सही समय यही हो। त्यसैले यही मौकामा यहाँका कुनाकुना मज्जाले घुम्ने योजना छ। चाडबाडमा पढ्ने मन त्यति हुँदैन। साथीहरूसँग क्रिकेट, फुटबल खेल्छु। परिवारसँग रमाइलो गरी समय बिताउँछु। अलिअलि किनमेल पनि हुन्छ। 
 
गोर्खा जान्छु 
रक्षा अर्याल (कक्षा १२, विज्ञान संकाय, ट्रिनिटी कलेज) 
 
दसैंमा गोर्खास्थित घर जान्छु। दसैं घरदेखि बाहिर बसेर पढ्ने हामीजस्ता विद्यार्थीका लागि परिवारसँग भेट्ने सुनौलो मौका हो। किनमेल त गरिसकेँ। घर गएपछि सबैसँग भेटघाट हुन्छ। लामो समयदेखि सँगै बस्न नपाएको परिवारका सबैजना सँगै बस्न पाइन्छ। आमालाई भान्छामा सहयोग गर्छु। घरमा ठूलो जमघट हुन्छ। घरको जमघटमा सहभागी हुन्छु, मामाघर पनि जान्छु। कलेजबाट धेरै होमवर्क दिइएको हुन्छ। त्यसलाई पनि पूरा गर्नैपर्‍यो। तर, चाडबाडको समयमा पढ्ने रुचि त्यत्ति हुँदैन। 
 
 
हजुरआमाबाट टीका थाप्छु
 
किरिटी अर्याल (कक्षा ११, विज्ञान संकाय, ओरियन्ट कलेज) 

छुट्टीको सुरुका दिनमा काठमाडौंकै साथीहरूसँग खेल्ने, घुम्ने गरेर समय बित्छ। केही किनमेल पनि गर्छु। जाडो सुरु हुन लागेकाले ज्याकेट, जुत्तालगायतका सामान किन्छु। फूलपातीमा धादिङको गजुरीस्थित घरमा जान्छु। ९० वर्ष कटिसक्नुभएकी हजुरआमा हुनुहुन्छ। उहाँको हातको टीका, आशीर्वाद थाप्न पाउँदा निकै रमाइलो लाग्छ। धेरै समयमा घरतिरका साथीहरूसँग भेटघाट हुँदा सँगै क्रिकेट खेल्छौं। पढ्ने त्यति मुड हुँदैन तर पनि ममीले पढ भन्नुहुन्छ। होमवर्क गर्नुपर्छ। त्यसैले अलिअलि पढ्छु। टीका लगाएर, मीठोमीठो परिकार खाएर, सबैसँग भेटघाट गरेर दसैंको छुट्टी बित्छ। 
 
 
उपन्यास पढेर बिताउँछु 
 
डायना घले (बीएस्सी नर्सिङ तयारी) 
 
यसपालि टीका लगाउन हुँदैन। तर पनि दसैंमा धेरै रमाइलो गरिन्छ। टन्नै किनमेल गर्छु। दसैंमा मीठो परिकार पकाएर खाने गरिन्छ। म पनि माछा र चिकनका नयाँ परिकार बनाउने कोसिस गर्छु। पारिवारिक जमघटमा गीत गाएर नाचेर रमाइलो गर्छौं। नयाँ लुगा लगाएर धेरै फोटो खिचाउँछु। साथीहरूसँग घुम्न जाने योजना पनि छ। उपन्यास पढ्न मन पर्छ। त्यसैले यस पटकको बिदामा एउटा उपन्यास सक्ने सोचमा छु। छुट्टी सकिनेबित्तिकै परीक्षा भएकाले त्यसको तयारी पनि यही समयमा गर्छु। 
Source:http://www.annapurnapost.com/News

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...