Skip to main content

पोखरा विश्वविद्यालय-- भ्रष्टाचार प्रकरण

काठमाडौ, कार्तिक १२ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभावी सम्बन्धन दिएको र भवन निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारीसहित २४ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार पोखरा विश्वविद्यालयमा व्यापक आर्थिक भ्रष्टाचार भएको फेला परेकाले उपकुलपति प्रा. खगेन्द्र भट्टराई, रजिस्ट्रार मानबहादुर केसीसहित पूर्व तथा वर्तमान पदाधिकारी र कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा अख्तियारले विश्वविद्यालयको २ करेाड २४ लाख १६ हजार रुपैयाँ अनियमितता भएको जिकिर गरिएको छ ।
विश्वविद्यालयका पदाधिकारीहरूसँग भ्रष्टाचार भएको रकमबराबर बिगो असुलउपर गर्न तथा सोही बराबर जरिवाना असुल गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ । अख्तियारले भ्रष्टाचार निवारण्ा ऐनबमोजिम उनीहरूलाई जनही अधिकतम पाँच वर्षसम्मको कैद सजाय गर्न माग गरेको छ ।
अख्तियारले गत साउन १५ देखि विश्वविद्यालयमा छानबिन थालेको थियो । अख्तियारको केन्द्रबाटै खटिएका र पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीले लगातार एक साता विश्वविद्यालयमै बसेर कागजात नियन्त्रण्ामा लिई छानबिन गरेका थिए । बयानमा ३६ जनालाई बोलाइए पनि केहीलाई भने संलग्नता नदेखिएको भन्दै सफाइ दिइएको छ ।
क-कसलाई मुद्दा ?
-    प्रा. खगेन्द्र भट्टराई, उपकुलपति
-    डा. इन्द्रप्रसाद तिवारी, तत्कालीन कार्यकारी परिषद् सदस्य तथा पूर्वडिन
-    प्रा. डा. भवानीप्रसाद पाण्डे, तत्कालीन कार्यकारीपरिषद् सदस्य
-    ज्ञानेश्वर शर्मा, तत्कालीन कार्यकारी परिषद् सदस्य
-    चन्द्रमण्ाि पौडेल, तत्कालीन कार्यकारी परिषद् सदस्य
-    ईश्वरचन्द्र बानियाँ, तत्कालीन कार्यकारी परिषद् सदस्य
-    दीपकराज पौडेल, कार्यकारी परिषद् सदस्य
-    डा. मानबहादुर केसी, रजिस्ट्रार
-    हरिबहादुर खड्का, योजना महाशाखा प्रमुख
-    यादव थापा, लेखा उपप्रशासक
-    रवीन्द्रप्रसाद बराल लेखाका उपप्रशासक
-    प्रा. डा. केशरजंग बराल, पूर्वउपकूलपति
-    डा. ओमप्रकाश शर्मा, पूर्वरजिस्ट्रार
-    सुरेशप्रसाद बाँस्तोला, विज्ञान तथा प्रविधि संकाय डिन
-    डा. कण्र्ावीर पौडेल, व्यवस्थापन संकाय डिन तथा पूर्वपरीक्षा नियन्त्रक
-    बलराम भट्टराई, परीक्षा नियन्त्रक
-    पूण्र्ाचन्द्र शर्मा, कामु परीक्षा नियन्त्रक
-    पदमबहादुर शाही, कन्सल्टेन्ट प्रमुख
-    विनोदप्रसाद ढकाल, प्राविधिक शाखा प्रमुख
-होमबहादुर थापा, उपप्रशासक
-गोवर्द्धन भट्टराई, उपप्रशासक
-रामेश्वर भण्डारी, ठेकेदार

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...