Skip to main content

श्रमिकका बालबालिका पढ्ने विद्यालयलाई कोरियाको सहयोग

पर्वत, कार्तिक १३ : पर्वतको पाङ गाविसको मालढुङ्गामा रहेको श्रमिक प्राथमिक विद्यालयमा पढ्ने बालबालिकालाई दक्षिण कोरियामा रहेको ‘सोफिया हायर सेकेन्डरी स्कुल’ले सहयोग गरेको छ । 
 
बाग्लुङ र पर्वतको सिमानामा रहेको मालढुङ्गामा बस्ने श्रमिकहरूको बालबालिकालाई पढाउने उद्देश्यले २०६६ सालमा जिफन्टको सहयोगमा सो विद्यालय स्थापना भएको हो । 
 
सो विद्यालयमा पढ्ने ३५ जना विद्यार्थीलाई जाडोका लागि ज्याकेट, स्विटर तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । मालढुङ्गामा बस्ने सुकुम्बासी श्रमिकहरूलाई काम र तिनका आश्रित बालबालिकालाई शिक्षा दिने उद्देश्यले सो विद्यालय स्थापना गरिएको विद्यालयका संस्थापक अध्यक्ष तथा जिफन्टका जिल्ला अध्यक्ष शिवप्रसाद पौडेलले बताए ।  
 
वर्षभरि गिट्टी कुट्ने र बालुवा चालेर जीविका चलाउने श्रमिकहरूले बालबालिकालाई शिक्षा दिन नसक्दा उनीहरूको भविष्य अन्धकार बन्ने अवस्था आएकाले विभिन्न दातृ संस्थाको सहयोगमा सो विद्यालय स्थापना गरिएको पौडेलले बताए ।  
 
कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा आवश्यक भवन तथा कोठा नहुँदा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपरेको विद्यालयका प्रअ तेजेन्द्र आचार्यले बताए ।  पाँच कक्षासम्म सञ्चालनको अनुमति भए पनि विद्यालयसँग पर्याप्त स्रोत नहुँदा ३ कक्षामात्रै सञ्चालन गर्नुपरेको उनको भनाइ छ ।
 
कक्षा ३ भन्दा माथि पढ्न जान बालबालिकालाई समस्या भएको र बीचैमा पढाइ छाड्ने गरेकाले ५ कक्षासम्म सञ्चालन गर्न आवश्यक भएकाले भवन निर्माणका लागि पहल गरिदिन उनले हाँले आग्रहसमेत गरे । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...