Skip to main content

आइतबार कास्कीका निजी विद्यालय बन्द, मंगलवारबाट शैक्षिक आमहड्ताल

राजन उपाध्याय
पोखरा १३, मंसिर/आफ्ना मागहरु प्रति वेवास्ता गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आइतवार कास्कीका निजी विद्यालय बन्द गराउने निर्णय गरेका छन् । शनिवार साँझ सम्पन्न विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको अनेरास्ववीय कास्कीका सह–संयोजक शेखर गौतमले जानकारी दिनुभएको छ । सोमवार सबै शैक्षिक संस्था बन्द गर्ने र मंगलबारबाट शैक्षिक आम हड्ताल गर्ने निर्णय भएको गौतमले जानकारी दिनुभयो ।आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता नेत्र चापाँगाईको रिहाईको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनीहरुले बताएका छन् । साथै बिना अनुमति सञ्चालित विद्यालय , मन्टेश्वरी , ट्युसन इन्स्चिट्युडहरु खारेज गर्नुपर्ने माग राख्दै आएका छन् । 
विद्यार्थी सङगठनहरुले शुक्रवार पोखराका निजी तथा सामुदायिक विद्यालय बन्द गराएका थिए भने न्युरोडमा रहेको नोबेल एकेडेमीमा आगजनी समेत गरेका थिए । यस अघि शुक्रवार कास्कीका प्रमुख जिल्ला अधिकारीसहित राजनीतिक पार्टीका प्रतिनिधिको बैठकमा पार्टी एवम नागरिक समाजका प्रतिनिधिहरुले विद्यालय नियमितरुपमा सञ्चालन गर्ने निर्णय गरेका थिए । अराजक गतिविधिमा सग्लग्न व्यक्तिहरुलाई कानुन अनुसार कार्वाही गर्न सहमत भएका थिए । तर पार्टीले हस्तक्षेप गर्न खोजेको भन्दै गिरफ्तारमा परेका विद्यार्थी नेता चापाँगाइलाई विनासर्त रिहाई गर्न माग गरेका छन् । यता सो आन्दोलनमा आफ्नो संगठनको कुनै संलग्नता नभएको नेपाल विद्यार्थी संघ कास्कीले जनाएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...