Skip to main content

लघुकथा

एउटा विद्यार्थी थियो| एकदिन गणित विषयको कक्षामा
भुसुक्क निदायो । ब्युंझदा उसका सबै साथिहरु गइसकेका थिए | हेर्यो whiteबोर्डमा म्याथको दुई वटा प्रब्लम छाडिएको रहेछ ।
उसले ठान्यो यो गृहकार्य होला । उसले सार्यो र घर गएर रातभरि त्यसमाथी दत्तचित्त भयो ।
तर, दुईवटा मध्ये एउटा पनि पार लाउन सकेन । र फेरि पनि उसले प्रयास जारी राख्यो र नभन्दै एउटाको समस्या हल भयो, उत्तर मिलायो ।
भोलिपल्ट क्लासमा शिक्षकलाई देखायो । शिक्षक भयंकरअचम्मित हुनुभयो ।
आफुले समाधान गर्न नसकेर भोलि गरौंला है भनेर छोडेको समस्यालाई उक्त विधार्थीले समाधान गरिदियो ।
यदि त्यो विधार्थीलाई यो प्रब्लम सरले नसकेर छाड्नुभएको थियो
भन्ने थाहा भएको भए उसले अवस्य पनि प्रयास गर्ने थिएन ।
तर, उसलाई केही थाहा थिएन | खाली मात्र यति थाहा थियो कि
"यो गणितको गृहकार्य हो, सवै साथिहरुले गर्छन् | मैले नि जसरी पनि हल गर्नुपर्छ |"त्यसैले उसले निर्विकल्प भएर समाधान निकाल्यो |

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...