Skip to main content

सीटीइभीटीको प्रवेश परीक्षा आवेदन फारम खुल्यो

असार १५, काठमाडौं ।
एसएलसी उतिर्ण विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बाट शैक्षिक सत्र २०७२/७३ को लागि सन्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका बिभिन्न शैक्षिक कार्यक्रममा वर्गिकृत निशुल्क छात्रवृतिको लागि आवेदन फारम माग गरिएको छ । आवेदन फारमहरु सिटीइभीटीका आंगिक कलेज र सम्वन्धन प्राप्त कलेजमा उपलव्ध हुने कुरा सुचनामा जनाइएको छ ।
आवेदन फारम यहि असार १५ गते देखी श्रावण ४ गतेसम्म भर्न सकिन्छ । परिषदबाट प्रदान गरिने छात्रवृतिहरुमा स्वास्थ्यतर्फ नर्सिङ,सामान्य चिकीत्सा हेल्थ ल्याव लगायतका दश वटा कार्यक्रम ,इन्जितियरिङ्ग तर्फ सिभील,कम्युटर , इलेक्ट्रोनिक्स लगायतका दशवटा कार्यक्रम र बन कृषि टुरिजम एन्ड हस्पिटालीटी तर्फ जम्मा ४ वटा कार्यक्रमहरु रहेका छन् ।
एसएलसीमा दुई बिषय लागेका विद्यार्थीले समेत प्रवेश परीक्षापछि पुरकबाट एसएलसी पास नभएमा परीक्षा स्वत रद्ध हुने शर्तमा कवुलियतनामा गरि फारम भर्न सक्दछन् । वर्गीकृत छात्रबृति प्रत्येक कलेजमा ३० कोटा भएकोमा २ जनाको र ४० कोटा भएको कलेजमा ३ जनाको रहनेछ । यस पटकबाट सिटीइभीटीले अनलाइन फर्मको समेत व्यवस्थापन गरेको छ तर, पनि विद्यार्थीहरुले भने मेनुअलमै भर्नु पर्ने र यसरी भरिएको फारमहरुलाई सम्वन्धित कलेजले नै भर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
आवेदन फारम सम्बन्धी पूर्ण हेर्नुहोस
ctevt 1 (1)
ctevt 2

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...