Skip to main content

कबिता

म युबा (कबिता)

सुन्दर भबिष्यका
अनगिन्ती
रंगीन सपनाहरु बोकेर
राजदुताबासको ढोका ढक्ढक्याउदै
हजारौं हजार
बिदेशिनेहरुको लामो लाइनमा
प्रतीक्षारत छु म युवा ।

सम्झिदै
दशैंका ती आशिर्बादहरु
अनि नओइलिदै
तिहारका मखमलीहरु
स्वर्ग जस्तो मेरो आफ्नै
प्यारो धर्ति छोडी
आज फेरि उही
यमराजको देशतिर
लम्किरहेको छु म युवा ।

हो मैले पढेको थिएं
म देशको कर्णधार बन्नु पर्छ
दरिलो खम्बा बन्नु पर्छ
जरक्कै उचाल्नु पर्छ
सगरमाथाको उचाइमा
तर आज
उठनै नसक्ने गरी मरुभुमिमै
भासिइरहेको छु म युवा ।

देश बोक्न खोज्ने
मेरा कांधहरुले
परदेशका सपनाहरु बोकेर
घरदेश र परदेश गर्दा गर्दै
मेरा ती रंगीन सपनाहरु
दिन प्रतिदिन चकनाचूर बनाएर
अन्त्यमा 
कहिल्यै नबिदेशिने गरी
रंगीन बाकस भित्र
फर्किरहेको छु म युवा ।

२०७४/०८/११

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...