चैत्र १ गते देखि सन्चालन हुन लागेको एसएलसी परिक्षा लगभग तयारी पुरा भएको छ । जिल्ला सिक्षा कार्यलय कपिलवस्तुका अनुसार कपिलवस्तुमा परिक्षाको तयारी अन्तीम चरणमा आएको छ । परीक्षालाई मर्यादीत तथा नमुनाकारुपमा संचालन गर्न एसएलसी परीक्षा समन्वय समिति कपिलवस्तुले २१ बुँदे निर्देशन समेत जारी गरेको छ । जिल्ला शिक्षा कार्यालयले तौलिहवामा केन्द्राध्यक्षका लागि राखेको अभिमुखीकरणमा समितिले सो निर्देशन जारी गरेको हो । निर्देशनले परीक्षाको समयमा केन्द्राध्य बाहेक अरुलाई मोबाईलको प्रयोग निषेध गरेको छ । यस्तै परीक्षा संचालन भएको बिद्यालयका दरबन्दी र राहत निरक्षक हुनु पर्ने, निरीक्षकहरूले अनिवार्य पोशाक लगाउनु पर्ने, शिक्षा कार्यालयले दिएको परिचय पत्र लगाउनु पर्नेछ । यसैगरी परीक्षामा २५ प्रतिशत महिला शिक्षक अनिवार्य हुनु पर्ने, समितिले दिएको परिचय पत्र बाहेक कोही परीक्षा केन्द्रमा पस्न नपाउने निर्देशिका बनाईएको छ । त्यस बाहके परिक्षा केन्द्रको नजिकै फोटो कपी फ्याक्स संचालन गरी चिटको फोटो कपी गरेको भेटिए त्यसलाई जफत समेत गरिने जिल्ला शिक्षा अधिकारी सुरेन्द्रपराजुलीले बताउनु भयो । प्रतिबन्धित गेस पेपर समेत बजारमा बिक्री बितरण गरेको पाईए त्यस्ता पसलेलाई समेत कानुन अनुसार कारबाही गरिने उहाले बताउनु भयो ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...