Skip to main content

स्वीकृति बेगर विदेशी बोर्डको शिक्षा नदिन निर्देशन


प्रकृती अधिकारी, काठमाडौँ, चैत १७ गते । जिल्ला शिक्षा कार्यालय काठमाडौँले अनुमति नै नलिई विदेशी बोर्डका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका विद्यालयहरुलाई नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना नलिन भनेको छ । 
    जिशिकाले त्यस्ता विद्यालयलाई लिखित रुपमा नै निर्देशन दिँदै भर्ना नलिन र लिएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ ।
    काठमाडौँका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले विदेशी शिक्षण संस्था तथा बोर्डसँग सम्बन्धन लिई सञ्चालन भइरहेका त्यस्ता विद्यालयहरुले शिक्षा मन्त्रालयबाट पनि अनुमति तथा स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था भएको बताउँदै भन्नुभयो, “उनीहरुले मन्त्रालयबाट अनुमति लिएका छैनन् । त्यसैले उनीहरुले आगामी २०७० सालको शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पाउने छैनन् ।”
        जिशिअ अर्यालले भन्नुभयो, “जे गरे पनि हुन्छ भन्ने प्रवृत्तिको अन्त्य गर्न चाहेका छौँ । आफूखुशी ठाँउ सारी गरेका र अनुमति बेगर सञ्चालित ती विद्यालयहरुले २०७० सालको शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना लिन पाउने छैनन् । लिइएको पाइएमा बन्द गरिदिन्छौँ ।”
     

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...