मभ्य पाहाडी लोकमार्गको पुर्वी गन्तब्य पाँचथरको उत्तरी गाबिस च्याङथापुमा अवस्थित बिष्णु उच्च माबिको ६० औ बर्षिक उत्सव तथा हिरक जयन्ति भब्यताका साथ सम्पन्न भएको छ । २००९ सालमा स्थापना भएको बिद्यालयले हालसम्ममा समाजको लागि पुर्याएको योगदान तथा स्थानियले बिद्यालय प्रति देखाएको आत्मियता उत्सव स्थिलमा अवलोकन गर्न पाईयो । गएको ६० बर्षमा बिद्यालयले उत्पादन गरेका जनशक्तिले बिद्यालय प्रति देखाएको सदासयता तथा स्थानिय अविभावकको संरक्षणमा बिद्यालयले ठुलै प्रगति हाँसिल गरेको महोत्सव अवलोकन पश्चात महसुस भएको सहभागिले बताए । सडक मार्गले छोएको लामो समय नभए पनि बाक्लीएको यातायातको चहलपहल संगै निकै ब्यस्त देखिएको बिद्यालय परिषरमा तिन दिन सम्म लगातार कार्यक्रमहरू भईरहे । जयन्तिको अवसरमा दिन दिवसिय कार्यक्रमको आयोजना गर्दै बिद्यालयले सहयोगी व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । साठि वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन सोहि गाविसमा बाल्यकाल कटाएका साहित्यकार प्राध्यापक डा. गोविन्दराज भटराईले व्यानर खोलेर तथा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको हो । च्याङ्थापु बजारमा लामवद्ध भएका विद्यार्थी, अभिभावकहरूले अतिथिहरूलाई फुलमाला ले स्वागत गरेपछि विभिन्न सास्कृतिक प्रस्तुतीका साथ निस्किएको र्याली वजार परिक्रमा गरि विद्यालय पुगेपछि क्रायक्रमको उद्घाटन गरिएको हो । उत्सवमा विद्यालय संस्थापक, जग्गादाता, चन्दा दाता, पुर्व शिक्षक, विद्यालयलाई महत्वपुर्ण योग्दान दिने अविभावकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने करिव २ सय जनालाई खादा र सम्मान पत्र सहित सम्मान गरिएको विद्यालयका शिक्षक यज्ञ भटराईले जानकारी दिनुभएको छ । कार्यक्रममा विद्यालयको हाल सम्मको गतिविधि समाविष्ट गरेर प्रकासन गरेको स्मारिका प्रा. डा. भटराईले विमोचन गर्नु भएको छ ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...