Skip to main content

म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको शुभकामना आदानप्रदान


सन्तोष गौतम, म्याग्दी २०६९ चैत ३० । एकीकृत नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अनेरास्वीयू (क्रान्तिकारी) म्याग्दी बहुमुखि क्याम्पस मुल इकाई कमिटिको आयोजनामा नव वर्ष २०७० सालको पावन अवसरमा शुक्रवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
अनेरास्वीयु क्रान्तिकारी जिल्ला समिति म्याग्दीका अध्यक्ष तथा म्याग्दी बहुमुखी क्याम्पसका संयोजक प्रविण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी एकीकृत नेकपा माओबादीका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्लाका संयोजक गोविन्द पौडेलले विद्यार्थी संगठनहरुको नेता संगठन अनेरास्वीयु क्रान्तिकारीले सधै प्रगतिशील, देशभक्त विद्यार्थीको एजेन्डा लिएर अगाडि बढेको बताए ।
विद्यार्थीहरु यो देशका परीवर्तनकारी शक्ति भएकाले समाजमा र शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगति र सामन्तबादको अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउँदै उहाँले अनेरास्वीयू(क्रान्तिकारी) ले नै त्यसको नेतृत्व गर्ने भएकाले सवैलाई अनेरास्वीयु क्रान्तिकारी) मा आबद्ध हुनका लागि आग्रह समेत गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी म्याग्दीका आर्थिक विभाग प्रमुख तथा विद्यार्थी फ्याक्सन इन्चार्ज पुष्कर विक र अनेरास्ववीयू क्रान्तिकारीका केन्द्रीय सदस्य कुशल पौडेलले आगामी जेठमा हुन लागेको समानुपातिक स्ववियू निर्वाचन अनेरास्वीयू (क्रान्तिकारी) को पहलमा हुन लागेको र विगत देखि नै अनेरास्वीयु (क्रान्तिकारी) को समानुपातिक निर्वाचन प्रणालीको निर्वाचनको एजेन्डा बल्न सफल भएकाले सवै वर्ग, क्षेत्रको प्रतिनिधित्व हुने बताएका थिए ।
कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका स्ववियु सदस्य तेजन्द्र बानीयां, नेविसंघका रामकुमार पौडेल, अनेरास्वीयुका प्रकाश पौडेलले समेत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अनेरास्वीयु क्रान्तिकारी म्याग्दी बहुमुखी क्याम्पस मुल इकाईका सदस्य पदम विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन यामनाथ पौडेलेले गरेका थिए ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...