२८ चैत, काठमाण्डौं । अरुलाई नैतिकताको शिक्षा दिने गुरुहरुको छाता संगठन नेपाल शिक्षक युनियन नै भ्रष्टाचारको दलदलमा फसेको छ ।
युनियनमा भएको भ्रष्टाचारका कारण शिक्षकहरुसमते तीन ध्रुवमा विभाजित भएका छन् ।
नेतृत्वमा बस्नेहरुबाटै युनियनमा साढे सात लाख रुपैयाँ भन्दा बढी रकम अनियमितता भएको छानविन समितिले जनाएको छ । छानविन समितिका संयोजक राजेन्द्र अधिकारीले एउटै शीर्षकमा दुई पटकसम्म रकम झिकेर अनियमितता भएको पाइएको जानकारी दिए ।
आर्थिक अनियमितता गर्नेमा युनियनका अध्यक्ष दिलबहादुर जोशीसहित अन्य पदाधिकारी रहेको छानविन समितिले ठहर गरेको खबर राजधानी दैनिकले छापेको छ । अध्यक्ष जोशीले ३ लाख ५० हजार र अन्य पदाधिकारीले कम्प्युटर तालिम, अंग्रेजी भाषालगायतका शीर्षकमा अनियमितता गरेको समितिले जनाएको छ ।