Skip to main content

स्ववियु निर्वाचन स्थगनको सन्देश

नेपाली जनताको २००७ साल अघिदेखिकोे गणतन्त्र सपनाले पाँच वर्षअघि मूर्त रूप पाउँदा खुसी र उत्साह घरदेखि लिएर मध्यरातमा पनि सडकसम्मै पोखिएको थियो । जनताको त्यो खुसियाली बुधबार ६ वर्षमा प्रवेश ग¥यो । अंक र अक्षर चिनेर विद्यालय भर्ना हुनेबेला पुगेको गणतन्त्र दिवसको छैटौं वार्षिक उत्सव अझै उत्सत्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसको पछिल्लो क्यालेन्डरअनुसार जेठ २३ मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने कुरा थियो ।
तर, विद्यार्थी संगठनका नेताहरूले आफ्नो लिंडेढिपी नछोडेपछि तोकिएको मितिमा चुनाव हुने कुरामा पूर्णविराम लागेको छ । क्याम्पस प्रशासनलाई स्वच्छ एवं पारदर्शी बनाउन र विद्यार्थी संगठनहरूलाई जुझारु बनाउन पनि हरेक दुई वर्षमा क्याम्पसमा चुनाव अनिवार्य हुनुपर्छ । तर, क्याम्पसको चुनाव नभएको झन्डै पाँच वर्ष हुन लागेको छ ।
यसपालि पनि अन्तिम समयमा चुनावको सम्भावना टरेपछि क्याम्पसमा थप अन्यौल सिर्जना हुने सम्भावना अझै बढेको छ । यसले केवल विद्यार्थी संगठनको साख मात्रै गिराउँदैन, क्याम्पस प्रशासनको फितलो सांगठनिक संरचना पनि उदांगो बनाउँछ । चुनाव नहुने लगभग पक्का भएपछि एउटा विद्यार्थी संगठनले अर्कोलाई दोष दिने कार्य सुरु भएको छ ।
तर, चुनावी प्रसंगमा कुनै पनि संगठनले अर्को पक्षलाई दोष दिएर उम्कन पाउँदैनन् । चुनाव नहुनुमा सबै संगठन उत्तिकै दोषी छन् । फर्जी विद्यार्थी भर्ना प्रकरण र तालाबन्दीकै कारण यसपालिको चुनाव टरेको हो भन्नेमा शंका छैन । फर्जी भर्ना प्रकरणमा पनि एकले अर्कोलाई दोष मात्रै दिनुको अर्थ छैन । किनकि, हरेक क्याम्पसमा नक्कली विद्यार्थी भर्ना प्रकरणमा प्रायः सबै संगठनको संलग्नता थियो । फरक यत्ति हो, जहाँ जसको पहुँच बढी थियो, त्यहाँ त्यही संगठनका विद्यार्थी हाबी भए । यही विषयलाई बहाना बनाएर चुनाव स्थगित गर्नुले विद्यार्थी संगठनको मर्यादामा फेरि एक पटक प्रश्न गर्ने अवस्था सिर्जना भएको छ ।
क्याम्पसमा हुने स्ववियु चुनाव केवल कुनै संगठनका विद्यार्थीलाई नेता बनाउने खेल मात्रै होइन भनेर प्रमुख राजनीतिक दलले समेत बुुझ्न जरुरी छ । किनकि, मुलुकमा हुने हरेक परिवर्तनमा विद्यार्थी आन्दोलनले निर्णायक भूमिका निर्वाह गरेको यथार्थलाई ध्यानमा राख्दै स्ववियु निर्वाचनका लागि वातावरण बनाउनु नै राजनीतिक दलहरूको प्रमुख कर्तव्य हो, अहिलेका लागि । यदि क्याम्पसमा तोकिएकै मितिमा चुनाव भयो भने क्याम्पस प्रशासनलाई स्वच्छ ढंगले अघि बढ्न मार्ग प्रशस्त हुनेछ भने विद्यार्थीहरू पढ्ने अधिकारबाट समेत वञ्चित हुँदैनन् । तोकिएको मितिमा चुनाव नभएकै कारण हरेक क्याम्पसमा एक खालको अराजकताले स्थान पाएको जगजाहेरै छ ।

त्यस किसिमको परिस्थिति अन्त्यका लागि समयमा निर्वाचन गर्नुको विकल्प छैन । हरेक समस्या समाधानको विकल्प भनेकै संवाद हो । २३ गतेको मितिमा चुनाव नहुने भयो भन्दैमा सदाका लागि चुनाव ट¥यो भन्ने होइन । आखिर संवादको विकल्प छैन भने फेरि पनि विद्यार्थी संगठन र त्रिवि प्रशासनले संवाद गरेर चुनावको वातावरण बनाउँदा के बिग्रन्छ र ? किनकि, चुनावको विकल्प छैन भन्नेमा विद्यार्थी संगठन मात्रै होइन, राजनीतिक दल र प्रशासनमा बस्नेहरूसमेत सचेत भइसकेका छन् ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...