Skip to main content

म्याग्दी क्याम्पसबाट ४५ जनालाई छात्रवृत्ति

म्याग्दी २०७० जेठ १३ । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत करिब चार दर्जन विद्यार्थीहरुले छात्रवृत्ति पाउने भएका छन् ।
शैक्षिक सत्र २०६९÷०७० मा म्याग्दी बहुमुखी क्याम्पसको आन्तरिक स्रोतबाट कक्षा ११ र १२ का ४५ जना विद्यार्थीहरुले छात्रवृत्ति पाउने भएका हुन् ।
छात्रवृत्ति वितरण उपसमितिका संयोजक शिवप्रसाद केसीको अध्यक्षतामा आज बसेको समितिको वैठकले विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो । क्याम्पसले खुलाएको विज्ञापन अनुसार विद्यार्थीहरुले भरेको निवेदनका आधारमा छात्रवृत्ति वितरण गरिने निर्णय गरिएको क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताए ।
उपसमितिको निर्णय अनुसार कक्षा ११ बाट छात्रवृत्ति पाउनेमा जेहेन्दार ५, अपाङ्गता २, दलित १, जनजाति १ र गरिब ३ गरी २१ जना रहेका छन् । त्यस अन्तर्गत उच्चमाध्यामिक शिक्षा परिषदमार्फत सिफारीस भई आएका २ जना अपाङ्गता भएका सहित ९ जनाले पूर्ण छात्रवृत्ति पाइसकेकाले त्यसलाई वैठकले अनुमोदन गरेको सहायक क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिए ।

यस्तै कक्षा १२ तर्फ जेहेन्दार ११, महिला ६, गरिब ४, जनजाति २ र दलित १ गरी २४ जनाले छात्रवृत्ति पाउने म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ । कक्षा ११ मा २१ जनाका लागि ९९ हजार ७५ रुपैयाँ र कक्षा १२ मा २४ जनाका लागि ८६ हजार ४ सय गरी कुल १ लाख, ८५ हजार, ४ सय ७५ रुपैयाँ ४५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप प्रदान गरिने क्याम्पसले बताएको छ ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...