मुक्त भएका कमलरी विद्यार्थीहरुको भेलालले सुमिता कुमारी थारुको अध्यक्षतामा १७ सदस्ययी जिल्ला कार्यसमिति विस्तार गरेको छ । संगठन विस्तार कार्यक्रममा बोल्ने वक्ताहरुले मुक्त भएका कमलरीहरुको अधिकारको लागि सबै सरोकारवाल पक्षहरुले सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रमा मुक्त कमलरी विद्यार्थीहरुको संगठनले अब राजनीतिक पार्टीका विद्यार्थी संगठनको मैस्यौदामा पनि मुक्तकमलरीहरुको मुद्दालाई विशेष रुपमा अगाडी सार्नको लागि दवाब दिन सुझाव दिएका थिए । मुक्त कमलरी विद्यार्थीहरुको भेलाले मुक्त कमलरी विद्यार्थीहरुको लागि निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, छात्रवृतिको रकम वढाउनुपर्ने लगायत माग गरेका छन ।
एक्सन रिसर्च सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...