Skip to main content

शिक्षक भन्छन्, “राजनीति गर्न छाड्दैनौँ”

१० असार ।

शिक्षकले धेरै राजनीति गरेका कारण एसएलसी परीक्षामा निकै कमजोर नतिजा आएको आरोप लागे पनि शिक्षकहरूले भने राजनीति गर्न नछाड्ने बताएका छन् । शिक्षकहरूले राजनीति पनि ट्रेड युनियन अधिकारभित्रै पर्ने दाबी गर्दै एसएलसी सुधारका नाममा प्रतिबन्ध लगाउन नपाइने बताएका हुन् । 
आइतबार शिक्षा पत्रकार सञ्जाल इजोनले गरेको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले शिक्षकहरूमा राजनीतिक अधिकार रहेको बताए । उनले भने, ‘ट्रेड युनियनको राजनीतिक अधिकारमा कर्मचारीतन्त्रले बाधा पुर्‍याउन खोजे मुद्दा हाल्न पनि सकिन्छ ।’ उनले शिक्षाको सुधारका लागि मिलेर जानसकिने बताए ।
नेकपा–माओवादीनिकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले पार्टीको झन्डा बोकेर नहिँडेको र शिक्षाको सुधारकै लागि लागिरहेको बताए । एमाओवादीनिकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रत्नबहादुर वलीले पुरानो शिक्षा प्रणालीले नतिजा खस्केको दाबी गर्दै शिक्षकलाई दोष दिएर राजनीतिमा लाग्नबाट वञ्चित गर्न नहुने बताए । 
शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले मन्त्रालयको आचारसंहिता पालना गर्न तयार रहेको तर शिक्षकलाई राजनीतिमा बन्देज लगाउन नहुने बताए । 
यस वर्षको एसएलसी परीक्षामा निकै कमजोर नतिजा आएपछि शिक्षा मन्त्रालयले सुधार गर्न मातहतका निकायलाई २३बुँदे निर्देशन दिएको छ । निर्देशनपछि मनलाग्दी गर्ने र राजनीति पार्टीको झन्डा बोकेर हिँड्ने शिक्षकहरू जिल्ला शिक्षा कार्यालयको स्वीकृतिविना कुनै पनि कार्यक्रममा जान पाउने छैनन् ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...