Skip to main content

जुम्ला जिशिकाद्वारा योजना सम्पन्न नहुँदै करोडभन्दा बढी निकासा


जुम्ला, साउन १० गते । जिल्ला शिक्षा कार्यालय जुम्लाले यस आव ०६९/७० को योजना सम्पन्न नहुँदै करोडभन्दा बढी निकासा दिएको छ ।

जिल्ला भरिका प्रावि, निमावि, मावि र उच्च माध्यमिक विद्यालयमा भवन, छात्रावास, महिला शौचालय निर्माण, विद्यालय मर्मत तथा बाहिरी वातावरण सुधार, कक्षा कोठा पुनःस्थापना लगायतका २९ वटा योजनामा १२ योजना गरी रु ४१ लाखको काम पूर्णरुपले सम्पन्न भएको देखाइएको छ भने अझै १७ योजनाको रु एक करोड १६ लाख ५० हजार बराबरका योजनाहरू सम्पन्न नहँुदा पनि शिक्षा कार्यालय जुम्लाले निकासा दिएको थाहा भएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागबाट असार १९ गते मात्र बजेट अख्तिायारी प्राप्त भई जिल्लामा छनोटमा परेका २५ वटा विद्यालयमा असार २१ गते मात्र सम्झौता गरिएको हुँदा योजना सम्पन्न हुन नसकेको जिल्ला शिक्षा अधिकारी नेपालहरि रानाभाटले जानकारी दिनुभयो ।

यस आव भित्रै सबै योजनाहरू सम्पन्न गरिसक्नुपर्ने अर्थमन्त्रालयको निर्देशन भए पनि बजेट ढिलाइका कारण करिब ६० प्रतिशतभन्दा बढी योजनाहरू सम्पन्न हुन नसकेको र अहिले विद्यालयलाई केही रकम निकासा दिएपनि तत्काल खाता रोक्का गरिएको जिशिअ रानाभाट बताउनुभएको छ ।

सम्झौता भएका योजनाहरूमा पनि कतै डिपिसी मात्रै गरिएको छ भने कतै काम नै सुरु भएको छैन ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...