Skip to main content

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

रौतहट, भदौ १३ - छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा रौतहटको गौर ८ मा रहेको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन ।

गौर ८ मा रहेको इन्टरनेशनल बाल एकेडेमीका शिक्षक कामेश्वर साह पक्राउ परेका हुन ।
साहले कक्षा ५ मा अध्यनरत छात्राहरुलाई पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै अभिभावकहरुले साहलाई समातेर प्रहरीको जिम्म लगाएका हुन् ।
शिक्षक साहले आफ्नै विद्यालयमा अध्यनरत ११–१२ वर्षका बालिकाहरुलाई गलत नियतका साथ समाउने, शरीरका विभिन्न अङहरु चलाउने तथा चुम्बन गर्ने गरेको बालिकाहरुले आफ्ना अभिभावकलाई जानकारी गराएका थिए ।
आफ्ना छोरीहरुमाथि यौन दुर्व्यवहार हुने गरेको थाहा पाएपछि आक्रोशित अभिभावकको समूह विद्यालयमा पुगेका थियो । अभिभावकहरु आएपछि विद्यालयका प्रधानाध्यापकले आरोपी शिक्षक साहलाई विद्यालयबाट निकाल्दै प्रहरीलाई खबर गरेका थिए ।
“विद्यालयमा भएको घटनाले स्तब्ध छु”, प्रधानाध्यापक सन्तोष पौडेलले भन्नुभयो “दोषीलाई हदैसम्मको कारवाहीको लागी सहयोग गर्ने छु ।”

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...