पर्बत १४ भदौ । संस्कृतीको संरक्षण गर्ने उदेश्यले पर्वतको सदरमुकाम कुश्मामा रहेको गुरुकुल एकेडेमीले बिधार्थीहरुको प्रतिभा प्रस्फुटन कार्यक्रमको आयोजना गरेको छ । बिधार्थीहरुको बिचमा पोशाकमा एकरुपता र पहिचानको बिकास गराउन यस्तो कार्यक्रम गरेको बिधालयका प्रिन्सीपल केशवराज पुरीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । बिभिन्न जातजातीका पोशाक पहिरन गराएर बिधार्थीहरुलाई जातजातीका पोशाकका बिषयमा जानकारी दिइएको थियो ।सो कार्यक्रममा बिधालयका शिक्षकहरु यदु पौडेल राम श्रेष्ठ शिला गिरी र ज्योती गुरुङले निर्णायकको भुमिका कमल भुसालको सञ्चालन रहेको कार्यक्रमको संयोजन जित गिरी र रामकृष्ण लामिछानेले गर्नुभएको थियो ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...