पर्बत १४ भदौ । दुर्घटना न्युनिकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक कार्यलय पर्वतको आयोजनामा बिधालय प्रशिक्षण अन्तर्गत आज चुवा स्थित मंगलोदय माबिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बिधार्थीहरुलाई ट्राफिक चेतना संकेत तथा दुर्घटना न्युनिकरणका उपाय बारेमा बिभिन्न डकुमेन्टि देखाइएको थियो ।बिधालयका १ सय जना बिधार्थीको सहभागितामा ट्राफिक प्रहरी कार्यलय पर्वतका टाफिक प्रहरी प्रमुख बिकास तिमिल्सीना र प्रहरी बिट बजार इन्चार्ज पुर्ण बहादुर जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी रेडियो शालीग्रामका अर्जुन क्षेत्रीले बिधार्थीहरुका बिचमा बेलाबेलामा यस्ता कार्यक्रम गर्न सके दुर्घटना न्युनिकरणमा प्रभावकारी सचेतना फैलिने बताउनुभयो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक रामबहादुर क्षेत्री सहायक प्रधानाध्यापक कुलप्रसाद शर्माले पनी बोल्नुभएको थियो ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...