Skip to main content

शिक्षिकाद्वारा छात्रालाई यातना


दमौली: कक्षामा सोध्दा नजानेको भन्दै दोभान बोर्डिङ स्कुल क्यामिन कलेस्तीकी एक शिक्षिकाले १० वर्षीया अस्मिता थापामगरलाई दुवै हात पछाडि बाँधेर सजाय दिँदा बालिकाको देब्रे हात भाँचिएको छ। शिक्षिका सरिता गुरुङले कक्षा ४ मा पढ्ने ती बालिकालाई सोध्दा नजानेपछि टाईले पछाडि दुबै हात बाँधेर सजाय दिँदा सो हात भाँचिएको पीडित परिवारले आरोप लगाएको छ।

छोरीलाई पढाउँदा नजानेको भन्दै चरम यातना दिँदा त्यस्तो स्थिति आएको बालिकाकी आमा बुधीमायाले बताइन्। गत मंगलबार छोरीलाई ती शिक्षिकाले यातना दिए पनि घरपरिवारले शुक्रबार मात्रै पत्रकारलाई घटनाबारे टेलिफोन गरी बताएका थिए। सोही दिन छोरीको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार गरिएको जानकारी बुधीमायाले दिइन्। डाक्टरले नसा च्यापिएको बताएको उनले बताइन्।

‘त्यस दिन त देब्रे हातका औँला नै चलेका थिएनन्, अहिले बिस्तारै चल्न थालेको’, उनले बताइन्। सजाय दिने बाहनामा बालिकालाई निर्वस्त्रसमेत पारेको आरोप पीडित पक्षले लगाएको छ। शुक्रबार विद्यालयमा बसेको व्यवस्थापन समितिको बैठकले उल्टै विद्यार्थीको गल्ती देखाउँदै शिक्षिकालाई चोख्याउने प्रयास गरेपछि पीडित पक्ष आक्रोशित हुँदै घटनाबारे पत्रकारहरूलाई जानकारी गराउन बाध्य भएको बताइएको छ। विद्यालयका प्रिन्सिपल सिकन्दर गुरुङले शिक्षिकाले बालिकालाई सोध्दा नजानेपछि सामान्य सजाय मात्रै दिएको बताए। घटना मिलाइसकेको दाबी समेत उनले गरे।
Source:http://annapost.com/opinion/news7756

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...