Skip to main content

शिक्षाका लागि ३९ करोड बजेट

सनिउल्लाह धोबी
कपिलवस्तु, ८ असोज/ कपिलवस्तुमा शिक्षामा चालु २०७/७१ को लागी ३८ करोड ९४ लाख ९५ हजार रकम विनियोजन गरिएको छ ।
चालु आर्थिक बर्षको शिक्षाको बजेट तथा कार्यक्रम अभिमुखीकरण कार्यक्रममा शिक्षा काार्यलयका उप सचिव सुर्य भुसालले सो कुराको जानकारी दिनु भएको थियो । विभिन्न दश कार्यक्रका लागि गत वर्षभन्दा यस बर्ष ढाई करोड बढी बजेट बिनियोजित भएको उहाँले बताउनुभयो ।

बाल विकास, साक्षरता, खुला विद्यालय पाठ्य,पुस्तक,आधारभुत अग्रेजी माध्यम ,प्रभावकारी सेवा प्रदानको लागि क्षमता विकास,विद्यालय व्यवास्थापन, फिडर छात्रावास, शिक्षक अनुदान, भौतिक सुविधा विस्तार,लगायतका शिर्षकमा उक्त रकम विनियोजन गरिएको हो ।

कार्यक्रममा शिक्षामा विगतका वर्षमा धेरै रकम वेरुजु भएको तथा गत आर्थिक वर्ष ०६९।७० मा भने ९१ प्रतिशत रकम खचभएको प्रतिवेतन समेत सार्वजनिक गरेको थियो ।

२ सय १० धार्मिक बिद्यालयले रकम निकास लग्न सकेको दिवा खाजा तथा साक्षरता अभियानको रकम कटौती गरिउकोले गत आर्थिक बर्ष बढी रकम फ्रिज भएको उहाँले बताउनुभयो ।  

कपिलवस्तुमा ५४.९१ प्रतिशत साक्षरता रहेको २०६८ को तथ्याक भएतापनि यस वर्ष ५ गाविस साक्षर भएको हुदा साक्षरता दर वढेको वताइएको छ ।  यस आर्थिक वर्षमा साक्षरता कक्षा र प्राविधिक शिक्षा तर्फ र दक्षता विकासका कार्यक्रममा अग्रस्थान दिइ कार्यक्रम लैजाने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
source:http://www.nepalbani.com/news

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...