Skip to main content

प्रमुख दलका उम्मेद्वार नै आचारसंहिता मिच्दै, कसले कुन विद्यालयमा कार्यक्रम गरे ?

काठमाडौं, कार्तिक ८ -
उम्मेद्वार - कार्यक्रम स्थल
पुष्पकमल दाहाल (एमाओवादी) -  राराहिल मावी, किर्तिपुर
रेणु दाहाल (एमाओवादी) - विजय स्मारक उच्चमावी, डिल्लीबजार
देवेन्द्र पौडेल (एमाओवादी) - जनमैत्री कलेज, कुलेश्वर
प्रकाशमानसिंह (काग्रेस) -  ब्लुस्काई स्कुल, घट्टेकुलो
निर्मल कुइँकेल (एमाले) - जयभद्रकली स्कुल
प्रमुख राजनीतिक दलका उम्मेद्वारहरुले निर्वाचन आचारसंहिता उलंघन गर्दै विद्यालय हाता भित्र चुनावी गतिविधि संचालन गर्न थालेका छन् । संविधान सभा निर्वाचन आचारसंहिताको ३५ नम्बर बुँदामा 'बिद्यालय र विद्यालय हाता भित्र आमसभा, माइकिङ् लगायत निर्वाचन प्रचारको काम गर्नु हुदैन' भनिएको छ । आचारसंहिताको ३२ नम्बर बुँदामा 'बालबालिकालाई जुलुस, र्याली, आमसभा, बैठक वा भेलामा सहभागी गराउन तथा प्रचार प्रसार र निर्वाचनसंग सम्बन्धीत अन्य कुनैपनि काम वा गतिविधिमा प्रयोग गर्नु र गराउनु हुदैन' भन्ने पनि उल्लेख छ । तर यो प्रावधानप्रति दलका उम्मेद्वारले वेवास्ता गरेका छन् ।
एमाओवादीबाट काठमाडौं १ की उम्मेद्वार रेणु दाहालले बिहिबार डिल्लीबजारस्थित बिजय स्मारक उच्चमावीमा राजनीतिक अन्तरक्रिया गरिन् । बुधबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले किर्तिपुरस्थित राराहिल माध्यमिक बिद्यालयमा चुनावी अन्तरक्रिया गरेका थिए । काठमाडौं १ का एमाओवादीका प्रसारप्रचार समितिका संयोजक चन्द्रबहादुर थापा सागरले कार्यक्रम गर्न वरीपरि कतै उपयुक्त ठाँउ नपाएकाले स्कुलमा कार्यक्रम गरिएको बताए । 'हामीले आकस्मिक ढंगले कार्यक्रम आयोजना गरेका हौं,' उनले भने, 'त्यै स्कुलमा पढाउने शिक्षक, विद्याथी र बरपरका टोलबासी युवाहरुसंग भेटघाट गर्ने भएकाले विद्यालय व्यवस्थापन समितिको सहमतिमै केही समयका लागि स्कुलमा कार्यक्रम गरेका हौं ।' उनले आकस्मिक ढंगले कार्यक्रमको आयोजना गरेकाले आचार संहिता उलङ्न नभएको दाबी गरे ।
कतिपयले स्कुलमा गरिने कार्यक्रम र भेलाबारे सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिरहेका छन् । काठमाडौं ५ का कांग्रेसका उम्मेदवार नरहरी आचार्यले बुधबार आफ्नो फेसबुकमा चुनाबी प्रसारप्रचारका लागि पैदल यात्रा गर्नु अघि धुम्रबाराही स्कुल धुम्बाराहीमा भेला हुने भनेर सबैलाई सन्देश दिएका थिए । 'बिहान सात बजे धुम्बाराही स्कुल धुम्बाराहीमा भेला भई पैदलयात्रा सुरु गर्ने' फेसबुकको स्टाटसमा उनले उल्लेख गरेका थिए । बाल अधिकारका क्षेत्रमा कार्यरत झनहरी भर्ट्टराइले आचार्यको स्टाटसमा प्रतिक्रिया दिदै 'स्कुलमा भेला गर्नु आचार संहिता बिपरित हो, अन्तै भेला गर्ने कि ? तपाईको जानकारीका लागि' भनेका थिए । आचार्यले 'सतर्क गराएकोमा धन्यबाद' भन्ने उत्तर दिए । त्यसपछि आचार्यले विद्यालय बाहिर भेला गरेर घरदैलो कार्यक्रम सुरुवात गरे । काठमाडौं १ का कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पनि बुधबार ब्लुस्काइ स्कुलमा भेला गरी घरदैलो कार्यक्रम गरेका थिए । काठमाडौं ४ का एमाले उम्मेद्वार निर्मल कुइँकेलले कामनपा वडा नम्बर ७ को जय भद्रकली स्कुलमा भेला भइ घर दैलो गरेका थिए । काठमाडौं ९ का एमाओवादी उम्मेदवार देबेन्द्र पौडेलले जनमैत्री कलेज कुलेश्वरबाट जुलुस सुरु गरेका थिए ।
०६८ जेष्ठ ११ मा बसेको मन्त्री परिषदको बैठकले 'बिद्यालय शान्ती क्षेत्र' घोषणा गर्दै यसमा कुनैपनि किसिमका राजनीतिक कार्यक्रम गर्न नहुने व्यवस्था गरेको थियो । विद्यालयमै कार्यक्रमका गतिविधि बढ्न थालेपछि बालअधिकारमा सरोकार राख्ने संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । केन्दि्रय बाल कल्याण समितिले निर्वाचनका कुनैपनि गतिविधिमा बालबालिका र विद्यालय प्रयोग नगराउन राजनीतिक दल र सम्पूर्ण सरोकारवालाई आग्रह गरेका छन् । बिहिबार एक कार्यक्रमको आयोजना गरी समितिले निर्वाचन आचार संहिता उलङ्घन भइरहेकोबारे निर्वाचन आयोगलाई ध्यानाकषण गराएको छ । शिक्षकहरुलाई राजनीतिक प्रचार प्रसारमा संंलग्न गराएर पठनपाठनमा असर पार्ने, विद्यालय वरपर आमसभा र माइकिङ गरेर पठनपाठन बन्द गर्ने लगायतका काम गर्दा आचार संहिताको उलङघ हुने भन्दै समितिले सबैलाई सजग गराएको छ ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...