Skip to main content

अख्तियारले रोक्यो शिक्षक अन्तर्वार्ता

प्रदीप न्यौपाने/काठमाडौं
शिक्षक सेवा आयोगले प्रकाशित गरेको माध्यमिक र निम्न माध्यमिक तहको लिखित परीक्षामा व्यापक रूपमा आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौखिक परीक्षा तत्काल रोक्न निर्देशन दिएको छ । अख्तियारको यो निर्देशनसँगै शिक्षक सेवा आयोगले १७ वर्षपछि लिन लागेको परीक्षा गम्भीर विवादमा परेको छ । अख्तियारको यो निर्देशनसँगै शुक्रबारदेखि हुने भनिएको मौखिक परीक्षा स्थगित भएको छ । आयोगले विकास क्षेत्रबाट लिने गरी शुक्रबारदेखि सुदूर पश्चिमाञ्चलबाट मौखिक परीक्षा लिन लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार परीक्षाफलको विषयमा दर्जनौं उजुरी परेपछि छानबिन गर्न तत्काल मौखिक परीक्षा रोक्न निर्देशन दिइएको हो । अख्तियारले आइतबारदेखि छानबिन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । शिक्षक सेवा आयोगका उपसचिव नारायणप्रसाद भट्टराईले भने माध्यमिक र निम्नमाध्यमिक तहको परीक्षामा कुनै आर्थिक अनियमितता नभएको जिकिर गरे ।
परीक्षाको नतिजा निष्पक्ष रूपमा प्रकाशित गरेको बताउँदै आयोगका प्रवक्तासमेत रहेका भट्टराईले राजधानीसँग भने, ‘अख्तियारले रोक्न निर्देशन दिएपछि अन्तिम समयमा आएर अन्तर्वार्ता रोक्का गर्नुपरेको हो ।’ अख्तियारको यो निर्देशनसँगै प्राथमिक तहको लिखित परीक्षाको नतिजासमेत रोक्का हुने भएको छ । अख्तियारको निर्देशनलगत्तै अन्तर्वार्र्ता लिन सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पुगेका उच्च अधिकारीको टोली शुक्रबार नै काठमाडौं फिर्ता भएको छ । स्रोतका अनुसार लिखित परीक्षाको परीक्षाफल प्रकाशनमा आर्थिक अनियमितता भएको आरोप लागेपछि अख्तियारले तत्काल स्थगित गर्न बुधबार नै निर्देशन दिएको थियो ।
यद्यपि, शिक्षक सेवा आयोगले त्यसलाई गोप्य राखेको थियो । स्रोतका अनुसार शिक्षक सेवा आयोगका कर्मचारी र शिक्षा मन्त्रालयका उच्च अधिकारीको मिलेमतोमा परीक्षाफल प्रकाशित गरिएको थियो । सो परीक्षामा शिक्षकका पेसागत संस्थाका जिल्ला नेताहरूसमेत अनुत्तीर्ण भएका छन् । शिक्षकका पेसागत संस्थाका नेता र दलका शीर्ष नेताले शिक्षक सेवा आयोगका पदाधिकारीलाई परीक्षाको लिखित तथा अन्तर्वार्ता स्थगन गर्न दबाब दिँदै आएका थिए ।
शिक्षक सेवा आयोगले गत ९, १० र ११ जेठमा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका शिÔकका लागि परीÔा सञ्चालन गरेको थियो । तीन तहमा गरेर १३ हजार ५१ कोेटाका लागि परीÔा लिइएको थियो ।
Source:erajdhani.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...