Skip to main content

पढाई खर्चका लागि डोको भरी सुन्तला बोकेर ४ घण्टा पैदल

दिनेश दिपु सुबेदी
 १६ पुस 
बालअधिकारको कुरा गर्दै–गर्दा रोल्पाको सदरमुकाममा एउटा दृश्य देखिन्छ हिजो–आज। सदरमुकामसँग जोडिएका धवाङ, ह्वामा गाविसका बालबालिकाहरु शनिवारे विदालाई उपयोग गर्न डोको भरी सुन्तला बोकेर ३–४ घण्टाको पैदल यात्रा गरी बिहान घाम नझुल्किदै सदरमुकामको टुडिखेलमा पुग्छन। झोलामा आफ्नो खाजा हिजो साँझको रोटी या मकै–भट्टमासको जोहो गरेर आएका उनीहरु दिनभरि १–१ डोका सुन्तला बेच्छन अनि कापी कलम किनेर अरु रुपैयाँ बा–आमाका लागि लिएर घर फर्किन्छन। ठूला सहरमा शनिवार हजारौ खर्च गरेर न्यानो–रमाइलो स्थानमा पिकनिक जान्छन। तर, यहाँ कापी–कलम जोहो गर्न पुसको चिसोमा जुत्ता बिनाको खुट्टा, टोपीविनाको टाउको, पातलो स्वीटर–ज्याकेटमा खुला चउरमा व्यापार।
बालबालिका सुन्तला ठूलै मोल–तोलमा खाएर भाषण गर्न पुग्ने नेता, कार्यालय पुग्ने कर्मचारी, कम्प्यूटरमा बस्ने संचारकर्मी, रिपोर्टिङ गर्नुपर्ने अधिकारबादि कसै–कसैले ध्यान दिन आवश्यक देख्दैनन् यी विषयहरुमा। धेरै पढ्ने, आफ्ना सुन्तला किनेर खाएकाहरु जस्तै ठूलो मान्छे बन्ने सपना बोकेर पढाइको खर्च जोड्न बेचिने सुन्तला होस या अन्य दिनमा बेचिने ठूलो परिमाणको सुन्तलालाई व्यवस्थित ढंगले स्टोर गर्ने अथवा व्यापारिक ढंगले खरीद बिक्री गर्ने व्यवस्था भइदिएको भए अनि गाँउ गाँउमा बाटो घाटो भइदिएको भए सायद सदरमुकामको मुटु टुडिखेलमा यस्ता दृश्यहरु घटदो क्रममा जाने थिए। ग्राहकको अनुहार नहेरेरै सुन्तलाको मूल्य गर्ने लजालु नानीहरु पैसा पकडदा पनि अनुहार हेर्न लजाउँछन। र पनि दिनभरी दिनभरी धुलोमा बसेर व्यपार गर्न वाद्य छन।
अचम्मै–अचम्म
लाजै पचेपछि कसैको केहि लाग्दो रहेनछ। कुनै दिवस–समारोह या र्‍याली जे सुकै होस। यहाँ दमाहा चाहिन्छ ठूलो हल्लाह गर्न। तर त्यो हल्लाह–उत्सवमा अरुलाई मनोरन्जन दिने कस्ता ब्यक्तिहरु छन, कसैको ध्यान जान छोडेको छ। भरखरै सम्पन्न महिला हिंसा विरुद्धको १६ दिने अभियान होस या एचआइभी एड्स दिवस या त आदिवासी–जनजातीको जिल्ला अधिवेशन वा अन्य कुनै कार्यक्रम। सबै–सबैमा प्रयोग भइरहेकाछन स्कूल जाने उमेर समुहका बाल–बालिका। र्‍यालीको लाइन छ। त्यहिँ लाइनको अग्रपंक्तिमा केही बालकसहितको टोलीले बाजा बजाउदै छन्। अनि क्रमशः पछिल्लो पंक्तिमा जिल्लामा स्वीकारिएका वरिष्ठ व्यक्तित्व। जनताका लागि राजनीति गर्ने नेता, प्रशासक, स्थानीय निकायका प्रमुख, सुरुक्षाकर्मी। त्यति मात्र नभएर बालबालिकाको क्षेत्रमा काम गर्ने महिला तथा बालबालिका कार्यालय प्रमुख, अधिकारवादी, पत्रकार, नागरिक–समाज, शिक्षा कार्यालय प्रमुख आदि आदि।
र्‍यालीको लाइन नियाल्दै गर्दा अलिपछि टाइ र पाटी सुजमा ठाटिएका निजी विद्यालयका छात्र–छात्रा। राजधानीका तारे होटलमा बसेर बाल–नीति, शिक्षा–नीति बनाउनुको परिणाम हो या राज्य संरचनाभन्दा अलि टाढाको ठानिएको हो रोल्पालाई। नयाँ मान्छेसँग कुरा गर्दा नामसम्म भन्न लजाउने बालकहरु बाजा बजाउन आए बापत केहि रकम पनि हात लाग्छ। अध्ययनको जोहो गर्न सहज हुन्छ। त्यसैले आफ्नो पढाईलाई तिलान्जली दिएर ठूला वडाहरुलाई रमाइलो र कार्यक्रम सफल बनाइदिन र्‍यालीमा हिड्ने गर्छन बालकहरु। मंसिर–पुसको जाडोमा सदरमुकाममा जुत्ता बिनाको खुटामा चिसो छल्दै बाजा बजाएर कार्यक्रम सफल बनाउने यीनिहरुलाई हेर्ने कसले? उत्तर कसैसँग छैन।विभिन्न रहरमा पालिएका जनावरका छाउराहरुलाई कोरियन ब्लाङकेटको तातोले छोप्न सक्षम हाम्रा राजनेता अनि कर्मचारीतन्त्रका वरिष्ठतम व्यक्तित्वहरुले टाढाको रोल्पामा नजर पुर्‍याउने दिन कहिले आउला? हेर्न बाँकी छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...