Skip to main content

दर्लिङ्गको निमाविमा शिक्षक साली, प्रअ भेना : तलव, आधा लेना आधा देना ’

प्रेम सुनार, गुल्मी , माघ१७ । प्रधानध्यापक भेना भन्छन्–‘ मैले मात्रै त्यसो गर्न कहाँ सक्छु र ? उनी त मेरो आफ्नै साली हुन् । ’ अनि राहत शिक्षिका रहेकी साली भन्छिन –‘खै के भनुँ कुरा खोल्यो भने भेना रिसाउनु होला भन्ने डर नभनुँ भने यत्रो वर्ष सम्म पुरै तलव बुझेको होईन, मैले साईन मात्रै गर्छु तलव भने सधै आधा बुझ्छु ,त्यो पनि दशैं देखि यता त एक पैसा बुझेकी छैन् । ’ उता कतिपय छिमेकी यस्तो ब्यङ्ग्य गर्छन्–‘ च्यानडाँडा स्कुलमा साली भेना, तलव आधा लेना आधा देना ।’
यो ब्यङ्ग्य मात्रै होईन, गुल्मीको दर्लिङ्गस्थित एक विद्यालयको यथार्थ हो । च्यानडाँडा निम्न माध्यामिक विद्यालय दर्लिङ्ग ४ च्यानडाँडाका प्रधानध्यापक भरत केसीले २०६६ सालमा राहत शिक्षक कोटामा आफ्नै साली रमा घर्तीलाई नियुक्त गरेपछि अहिले ४ वर्ष सम्म उनको गरिवी र मजवुरीको फाईदा उठाउँदै श्रम शोषण गर्दै आएका छन् । तलव उनले निकासा गरेर ल्याउछन् र पुरै तलव वुझेको साली रमालाई साईन गराउँछन् अनि आधा तलव मात्रै दिन्छन् । आधा तलव अर्की वाल शिक्षामा रहेकी दिलमाया थापालाई खुवाउने गरेको उनको दावी छ ।
किन त्यसो गर्नु भो त ? यस सम्वन्धमा केसीले नियुक्ती दिनु पुर्व कै सहमति अनुसार त्यसो गरिएको बताए । प्रअले पहिल्यै देखि साली रमा र अर्की महिला पनि उनैकी आफन्त दिलमाया थापालाई निजी श्रोतमा राख्दै आई रहेका थिए । उनले भने–‘ नियुक्ती गर्ने वेलामा कसलाई राख्ने कसलाई निकाल्ने ? बडो अफ्ठ्यारो अवस्था आई प¥यो त्यस पछि आधा–आधा तलव बाँडेर खुवाउने सहमति गरियो र रमालाई निुयुक्त गरिएको हो ।’
विद्यालय ब्यवस्थापन समितिका केहि सदस्य र अन्य सर्व साधरणले प्रअले कसैलाई नटेरी एकलौटी ढंगबाट विद्यालय चलाउन खोजेपछि यस्तो स्थित आएको बताउँछन् । उनले विद्यालयलाई आफ्नो विर्ता ठान्ने र मनपरी ढंगसंग दुवै आफन्तको मन राख्न खोज्दा यस्तो शिक्षा नियमावली कै धज्जी उडाउने काम हुन पुगेको स्थानिय अगुवा समाज सेवीहरुको बुझाई छ ।

तर प्रअ केसीले आफुले मात्रै त्यस्तो एकलौटी ढंगले विद्यालय चलाउन नखोजेको बताए । ‘विद्यालय श्रोतको समस्याले गर्दा ब्यवस्थापन समिति, स्थानिय बुद्धिजिवी सवैको सहमतिमा तलव बाँडेर खुवाउने सहमति गरिएको हो’– उनले भने –‘मैले मात्रै त्यसो गर्नु कहाँ सक्छु ? त्यो गलत हो ।’
उनले सञ्चार माध्यमा समेत कुरो पुराएको भन्दै साली रमालाई अवसरवादीको संज्ञा दिए । भने –‘उति बेला परिक्षामा बाहिरी सकेकी मान्छेलाई त्यस्तो सर्त गराएर भए पनि नियुक्ति गराईयो अहिले औला दिदा डुढिल्नो निल्ने अवसरवादी रै’छन् । ’ त्यसो भए रमा भन्दा अरु नै परिक्षामा उतिर्ण भएको भए किन त्यसरी उनलाई नियुक्ति दिईयो त ? भन्ने प्रश्नमा उनले भने–‘के गर्ने दुवैले सुरु देखि पढाएको भएर त्यसो गरिएको हो , अहिले यस्तो विवाद निकालिदै छ ।’
साली रमाले भने भेना कै कारणले गर्दा आफु यति लामो समय सम्म आधा तलवमा बस्नु परेको गुनासो गरिन् । ‘जिल्ला प्रशासन कार्यलयमा त्यस विरुद्ध उजुरी दिएँ ’–रमाले भनिन् –‘ प्रशासनले शिक्षामा पठायो र उसले विद्यालयलाई नियम अनुसार गर्नु भनेर पत्र पठायो तर पनि अहिले सम्म वास्ता गरिएको छैन् । ’ म मात्रै त वोल्दिन, भेनाको कुरा पनि राख्ने भए बोल्छु ’–उनले भनिन्–‘ नत्र किन भेनालाई पिरौं, अन्याय त भएको छ र पनि डर लाग्छ । ’ उनलाई यो कुरा बाहिर पुराएकोमा प्रअले जागिरै खाई दिने भन्दै धम्काएको एक जिल्ला स्तरिय नेताले समेत बताए ।

यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले कार्यालयमा ती शिक्षिकाले पुरै तलव खान पाउँ भनि उजुरी दिएको र एक महिना भित्रमा नियम अनुसार तलव खुवाउनु भनि पत्र पठाएको बताए । ‘हामीले पत्र पठाई सकेका छौ, त्यसो गर्न पाईदैन्’– अर्यालले भने–‘उनलाई शोषण हुनै दिदैनौं ।’ शिक्षिका रमा भने भेना प्र.अ.ले कुनै न कुनै वाहानमा जागिर खाई दिने वा अन्यत्र सरुवा गर्ने डरमा छन् । प्रअ केसीले जिल्ला शिक्षा अधिकारीलाई समेत टेर्न नखोज्ने र उनि भन्दा तलकालाई त झन मान्छे नै नगनेर खिस्याउने गरेको श्रोतले बतायो ।
source:ebaglung.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...