Skip to main content

गाउँको सेवामा रमाएका महान सर

mahan-sir
राजु पौडेल
११ फागुन, पर्वत । ‘जीवन बुझ्नसके जीवनलाई जीवनजस्तो बनाउन सकिन्छ तर जीवन बुझ्न नसके जीवन बाँचेर पनि मरेतुल्य हुन्छ’ यी शब्द पर्वतको विकट भुकताङ्गले गाविसको भुकदेउराली माविका प्रधानाध्यापक महानबहादुर गुरुङका हुन् ।आफ्नो जीवनलाई जीवनजस्तो बनाएका महान् सर अहिले साँच्चिकै गाउँलेहरुका आस्था र भरोसाका केन्द्र बनेका छन् । गुहाटी विश्वविद्यालयबाट वीए पूरा गरेका गुरुङले नेपाल फर्केर पुनः वीएड गरे । उनको काम पढाउने मात्र होइन, समाजसेवीको रुपमा पनि उनले जिल्लामा परिचय बनाएका छन् ।
२००१ वैशाख १ गते जन्मेका गुरुङको बाल्यकालको धेरै समय भारतमै बित्यो । अध्ययनका क्रममा गाडी दुर्घटना हुँदा ०१८ मा बायाँ हात भाँचियो । राम्रो उपचार नपाउँदा भाँचिएको हातमा थप इन्फेक्सन देखिँदै गयो । जसबाट कर्मशील गुरुङले हेर्दा हेर्दै बाँया हात गुमाए । कुमबाट बाँया हात पुरै गुमाएका गुरुङले मन दह्रो बनाई जीवन बुझेर जीवनमा केही गरेर देखाउने अठोट गरे ।
भर्भराउँदै वैंशमै बाँया हात गुमाउनुपर्दा गुरुङले मन भाँचेनन् र हिम्मत हारेनन् । हात गुमेको शोकलाई शक्तिमा र चोटलाई उर्जामा बदलेर अध्ययन पूरा गरेर नेपाल फर्के । नेपाल आएपछि त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा वीएड गरेपछि गाउँको सेवा गर्ने उद्दश्य लिएर पर्वत फर्के । गाउँका सबै गुरुङ युवाहरु शहर झर्दै गर्दा उनी भने कुम्लो बोकेर सहरबाट गाउँ पस्दा धेरैले खिस्सी पनि गरेका थिए ।
गाउँका प्रायजसो सबै गुरुङ दाजुभाइ पोखरामा झरिसकेका छन् । महान् सर भने गाउँकै सेवा गर्दै रमाएर बसेका छन् । जिल्लामै उनको परिचय सामाजिक अभियन्ताको रुपमा स्थापित छ ।

०३४ सालमा शिक्षक बनेका ०३८ सालमा निमाविमा स्थायी हुन सफल भए । ०५२ मा माविमा स्थायी भएका उनी ०६५ मा मावि द्वितीय श्रेणीमा बढुवा भइसकेका छन् । पत्नी र चार छोराका बाबु उनले दलित समुदायका एक बालकलाई धर्मपुत्र बनाई पालेर छुवाछुतलाई समेत निर्मूल पार्ने अभियान आफैबाट शुरु गरेका छन् ।
गुरुङले दिउँसोको समय विद्यालयलाई समर्पित गरेका छन् । विहान बेलुकाको समय भने समाजसेवामा लाग्दै गुज्रन्छ । ०३७ मा भुकदेउराली निमाविलाई मावि बनाउन उनले खेलेको भूमिकाको अहिले पनि गाउँलेहरु प्रशंसा गर्छन् ।
हात गुमाए पनि महान सर सवलाङ्ग भन्दा कम छैनन् । उनी पर्वतकै नमूना कर्मशील व्यक्तित्व हुन् । उनले सिंगो समाज र शैक्षिक क्षेत्रमा प्रधानाध्यापक भए र प्रशंसनीय काम गर्दै आएका छन् । अपांगका लागि मात्र नभई समग्र समाजका लागि महानबहादुर गुरुङ सर प्रेरणाको स्रोत हुन् ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...